एजेन्सी । इङ्ल्यान्डमा जारी तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा घरेलु टोली विजयी भएको छ । आइतबार राति भएको खेलमा इङ्ल्यान्डले अस्ट्रेलियामाथि २४ रनले विजयी भएको हो । इङ्ल्यान्डले दिएको २ सय ३२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले मात्र २ सय ७ रन जोड्न सक्यो । अस्ट्रेलियाले ४८.४ ओभरमा सबै विकेट गुमाउँदै मात्र २ सय ७ रन जोडेको हो ।
अस्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले सर्वाधिक ७३ रनको योगदान दिए पनि टोलीको जितका लागि प्रयाप्त हुन सकेन । उनले १०५ बलको समना गर्दै ८ चौका र एक चक्काको मद्दतमा ७३ रनको अर्धशतकिय पारी खेलेका हुन् ।
त्यस्तै मार्नुस लबुस्चङनेले ४८ रन जोडे । उनले ५९ बलमा ३ चैकाको मद्दतमा ५८ रन जोडेका हुन् । विकेटकिपर ब्याट्सम्यानले एलेक्स क्यारीले ४१ बलमा दुई चौका सहित ३६ रन जोडे । त्यस्तै पाट कुमिन्सले ११ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् ।
अस्ट्रेलियालाई सस्तैमा समेट्न क्रीस ओक्स, साम कुरन र जोफ्रा आर्चरले समान तीन तीन विकेट लिए । त्यस्तै अलिद रासिदले एक विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले ५० ओभरमा नौं विकेट गुमाउँदै २ सय ३१ रन जोडेको थियो । इङ्ल्यान्डका लागि कप्तान एयोन मोर्गनले ५२ बलमा पाँच चौका प्रहार गर्दै ४२ रन जोडे । त्यस्तै जोए रूटले ७३ बलमा ४ चौका र एक चक्कासहित ३९ रन जोडे । टोम कुरानले ३७, अलिद रासिद ३५, क्रीस ओक्स २६ र जसन रोयले २१ रन जोडे ।
अस्ट्रेलियाका लागि आदम जम्पाले तीन विकेट लिए । मिचेल स्टार्कले दुई तथा जोस हाज्लेवुड, पाट कुमिन्स र मिचेल मार्सके एक एक विकेट लिए । यससँगै सिरिजमा १-१ को बराबारी भएको । सिरिजको पहिलो खेल अस्ट्रेलियाले १९ रनले जितेको थियो ।