Nepali Unicode | Preeti to Unicode
 BREAKING
सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक |

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस कास्कीले रुपा गाउँपालिका– ६ बराहथोकका बाढीपहिरा प्रभावित परिवारलाई नगद सहयोग गरेको छ । पहिरोले घर पुरिएर मृत्यु भएकी २० वर्षीया सिर्जना विकको परिवारलाई २८ हजार ३ सय र पहिरोबाट विस्थापित माया सुनार र हरिराम विकको परिवारलाई दुई-दुई हजार नगद सहित खाद्यान्न सहयोग गरिएको नेका कास्कीका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । नेका कास्कीका सभापति कृष्ण केसी, पूर्वसभापति एवम् पूर्व मन्त्री यज्ञबहादुर थापसहितको टोलीले सहयोग रकम तथा खाद्यान्न बाढी प्रभावितलाई हस्तान्तरण गरे ।

यही भदौ २३ गते बिहानपख घरमाथिको पहिरोले घर पुरिदा काजि विककी छोरी सिर्जनाको मृत्यु भएको थियो भने दुई घर परिवार विस्थापित भएका थिए । कार्यक्रममा पूर्व मन्त्री थापाले प्रतिपक्षमा रहेर काँग्रेसले जनताप्रति निर्वाह गर्नुपर्ने भूमिकाबाट कहिल्यै विमुख नहुने बताए । नेका जिल्ला सभापति केसीले पीडित परिवारको सुरक्षित बसोबासको व्यवस्थापनका लागि पार्टीका तर्फबाट सरकारसँग समन्वय गर्ने जानकारी दिए ।-रासस/File photo

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय