
एजेन्सी, २७ भदौ । इंग्लिस प्रिमियर लिगमा आर्सनलले सुखद सुरुआत गरेको छ । शनिबार भएको नयाँ सिजनको पहिलो खेलमा फुलह्याममाथि ३–० गोलको सहज जित निकाल्दै आर्सनलले सुखद सुरुआत गरेको हो ।

फुलह्यामको मैदानमा भएको खेलमा आर्सनललाई जिताउन एलेक्जान्द्रे लाकाजेट्टे, ग्राबियल र पेइर्रे इमरिक औबामेयाङले समान एक–एक गोल गरे ।
खेलको आठौं मिनेटमा लाकाजेट्टेले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए । ग्राबियलले ४९औं मिनेटमा गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए ।

५७औं मिनेटमा औबामेयाङले गोल गरेपछि आर्सनलले ३–० गोलको जित निकालेको हो ।
जितसँगै आर्सनलले तीन अंक जोडेको छ ।