Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

एजेन्सी, २६ भाद्र । मुम्बईको एक अदालतले शुक्रवार रिया चक्रवर्ती र उनका भाई शोविक चक्रवर्तीसमेतको जमानत मुद्दा खारेज गरेको छ । जमानत मुद्दा खारेज भएपछि रिया २२ सेप्टेम्बरसम्म जेलमा बस्नु पर्नेछ । रिया र शोविकलाई मादक पदार्थ नियन्त्रण ब्युरो (एनसीबी) ले गिरफ्तार गरेको हो ।

एनसीबीले बिहीबार रियाले हालेको जमानत मुद्दाको कडा बिरोध गर्दै प्रतिबन्धित मादक पदार्थको मात्रा कम भएपनि वाणिज्यिक मात्रा निकै भएको र १ लाख ८५ हजार २ सय रुपैयाँको भएको बताएको छ ।

वकील सतीश मानशिन्देद्धारा दायर जमानत मुद्दामा रियालाई एनसीबीले ३ दिन लगातार सोधपुछ गरेपछि बाध्यताले स्विकार गर्नु परेको बताइएको छ । सुशान्तका पक्षले रियाले पैसा दिएर लागुऔषध खरिद गर्न लगाएको स्विकार गरेको बताइरहेको छ ।

अभिनेता सुशान्त सिंह को मृत्युको विषयमा एनसीबी, प्रवर्तन निदेशालय(इडी) र केन्द्रिय अनुसन्धान ब्युरोले विभिन्न दुष्टिकोणबाट अनुसन्धान गरिरहेको छ । १४ जुनमा सुशान्त बान्द्रास्थित आफ्नै निवासमा मृत अवस्थामा भेटिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय