Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

नयाँ दिल्ली । बलिउड अभिनेत्री कंगना रनौतले भारतीय कांग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीसँग सहयोगी पार्टी शिवसेनालाई संविधानको पालना गराउन आग्रह गरेकी छन् ।

महाराष्ट्र सरकारसँगको गहिरिँदो विवादलाई लिएर अभिनेत्री कंगनाले सोनियासँग  सहयोगी पार्टी शिवसेनालाई संविधानको पालना गर्नका लागि भन्न आग्रह गरेकी हुन् ।

कंगनाले ट्विटरमा सोनियाँ गान्धीलाई प्रश्न गरेकी छन्, “आदरणीय कांग्रेस अध्यक्ष सोनिया गान्धी, एक महिला भएका नाताले तपाईंलाई महाराष्ट्र सरकारले मसँग गरिरहेको व्यवहारप्रति रिस उठ्दैन ? के तपाईं आफ्‍नो सरकारसँग डा. अम्बेडकरले दिएको संविधानका मूल्य-मान्यताहरु पालनाका लागि आग्रह गर्न सक्नुहुन्न ?”

उनले आफूमाथि शिवसेनाले गरिरहेको ज्यादतिमा सोनिया गान्धीको मौनता इतिहासमा लेखिने पनि बताएकी छन् ।

उनले अर्को ट्विटमा भनेकी छन्, “तपाईं पश्चिममा जन्मिनुभयो र भारतमा रहनुभयो । तपाईंलाई महिलाहरुको संघर्षका बारेमा अवश्य पनि जानकारी होला । तपाईंको सरकारले महिलालाई दिइरहेको दुःख र कानुनको खिल्ली उडाउँदा पनि तपाईंको लिनुभएको मौनता र उदासिनता इतिहासमा लेखिने छ । मलाई आशा छ यो विषयमा तपाईंले हस्तक्षेप गर्नुहुने छ ।”

गत जुन महिनामा बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि कंगनाले  बलिउडमा फिल्म इन्डस्ट्रिमा भाइ–भतिजावादका बारेमा अभिव्यक्ति दिएपछि उनी लगातार चर्चामा छन् । पछिल्लो समय मुम्बईको तुलना पाकिस्तान प्रशसित काश्मीरसँग गरेपछि विवादमा घेरिएकी कंगनालाई केन्द्र सरकारले हालै ‘वाई प्लस’ सुरक्षा दिएको छ । – बीबीसी

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय