Nepali Unicode | Preeti to Unicode
 BREAKING
लखन थापा साँस्कृतिक संग्राहलय निर्माणका लागि मगर संघ कुवेतद्वारा २ लाख ५१ हजार आर्थिक सहयोग | जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते | म्याग्दी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री सभापतिमा निर्वाचित | चीनको सुन, भारतीय बजार, नेपाल ट्रान्जिट | १० देशबाट भित्रियो ४० करोड बराबरको रङ | प्रचण्डको फोटो जलाउने राप्रपाका नेता छुटाउन पुगे माओवादी नेताहरू | नेपाल प्रहरीको नयाँ आईजीमा दीपक थापा नियुक्त हुँदै | टहराभित्र टिपर छिर्दा सुतिरहेका तीन जनाको मृत्यु | ओडिसा घटनाबारे परराष्ट्रमन्त्री डा. राणा र भारतीय मन्त्रीबीच फोनवार्ता | कर्मचारी कुटपिट प्रकरण : वडाध्यक्षको आत्मालोचना र माफीपछि सहमति |

नयाँ दिल्ली । बलिउड अभिनेत्री कंगना रनौतले भारतीय कांग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीसँग सहयोगी पार्टी शिवसेनालाई संविधानको पालना गराउन आग्रह गरेकी छन् ।

महाराष्ट्र सरकारसँगको गहिरिँदो विवादलाई लिएर अभिनेत्री कंगनाले सोनियासँग  सहयोगी पार्टी शिवसेनालाई संविधानको पालना गर्नका लागि भन्न आग्रह गरेकी हुन् ।

कंगनाले ट्विटरमा सोनियाँ गान्धीलाई प्रश्न गरेकी छन्, “आदरणीय कांग्रेस अध्यक्ष सोनिया गान्धी, एक महिला भएका नाताले तपाईंलाई महाराष्ट्र सरकारले मसँग गरिरहेको व्यवहारप्रति रिस उठ्दैन ? के तपाईं आफ्‍नो सरकारसँग डा. अम्बेडकरले दिएको संविधानका मूल्य-मान्यताहरु पालनाका लागि आग्रह गर्न सक्नुहुन्न ?”

उनले आफूमाथि शिवसेनाले गरिरहेको ज्यादतिमा सोनिया गान्धीको मौनता इतिहासमा लेखिने पनि बताएकी छन् ।

उनले अर्को ट्विटमा भनेकी छन्, “तपाईं पश्चिममा जन्मिनुभयो र भारतमा रहनुभयो । तपाईंलाई महिलाहरुको संघर्षका बारेमा अवश्य पनि जानकारी होला । तपाईंको सरकारले महिलालाई दिइरहेको दुःख र कानुनको खिल्ली उडाउँदा पनि तपाईंको लिनुभएको मौनता र उदासिनता इतिहासमा लेखिने छ । मलाई आशा छ यो विषयमा तपाईंले हस्तक्षेप गर्नुहुने छ ।”

गत जुन महिनामा बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि कंगनाले  बलिउडमा फिल्म इन्डस्ट्रिमा भाइ–भतिजावादका बारेमा अभिव्यक्ति दिएपछि उनी लगातार चर्चामा छन् । पछिल्लो समय मुम्बईको तुलना पाकिस्तान प्रशसित काश्मीरसँग गरेपछि विवादमा घेरिएकी कंगनालाई केन्द्र सरकारले हालै ‘वाई प्लस’ सुरक्षा दिएको छ । – बीबीसी

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय