
झापा ,२६ भदौ । पूर्वी नेपालमा शुक्रबार बिहान भूकम्पको धक्का महसुस भएको छ। आज बिहान ९ बजेर ३० मिनेट जाँदा भूकम्प गएको केन्द्रले जनाएको छ।
इलाम, झापा, पाँचथर लगायतका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो।भूकम्प मापन केन्द्रका अनुसार नेपाल भारत सीमा क्षेत्रमा केन्द्रविन्दु भएर शुक्रबार बिहान ५ म्याग्निच्युडको भूकम्प गएको हो।