Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

एजेन्सी, २५ भदौ । भारतीय क्रिकेटर युवराज सिंहले सन्यास फिर्ता लिने निर्णय गरेका छन् । भारतीय मिडियाहरूका अनुसार विश्वकप विजेता युवराजले पञ्जाब क्रिकेट संघ (पीसीए)को अनुरोधमा सन्यास फिर्ता लिने निर्णय गरेका हुन् ।

३८ वर्षीय युवराजले जुन २०१९ मा क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । सन्यासपछि उनी विदेशी लिग खेल्नका लागि गएका थिए । यसैकारण उनले आईपीएल खेल्न पाएका थिएनन् ।

अब पञ्जावका लागि खेल्ने मनसाय बनाएको युवराजले बताएका छन् । युवराजले हालै पञ्जावका युवा क्रिकेटहरूलाई अभ्यासमा सहायता पनि गरेका थिए ।

पीसीएका सचिव पुनीत बालीले युवराजलाई सन्यास फिर्ता लिन अनुरोध गरेका थिए । र, युवराजले सो अनुरोध स्वीकारेको भारतीय मिडियाले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय