Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

एजेन्सी, २५ भदौ । भारतीय क्रिकेटर युवराज सिंहले सन्यास फिर्ता लिने निर्णय गरेका छन् । भारतीय मिडियाहरूका अनुसार विश्वकप विजेता युवराजले पञ्जाब क्रिकेट संघ (पीसीए)को अनुरोधमा सन्यास फिर्ता लिने निर्णय गरेका हुन् ।

३८ वर्षीय युवराजले जुन २०१९ मा क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । सन्यासपछि उनी विदेशी लिग खेल्नका लागि गएका थिए । यसैकारण उनले आईपीएल खेल्न पाएका थिएनन् ।

अब पञ्जावका लागि खेल्ने मनसाय बनाएको युवराजले बताएका छन् । युवराजले हालै पञ्जावका युवा क्रिकेटहरूलाई अभ्यासमा सहायता पनि गरेका थिए ।

पीसीएका सचिव पुनीत बालीले युवराजलाई सन्यास फिर्ता लिन अनुरोध गरेका थिए । र, युवराजले सो अनुरोध स्वीकारेको भारतीय मिडियाले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय