Nepali Unicode | Preeti to Unicode
 BREAKING
रत्ननगर अस्पतालका गरिब बिरामीहरूलाई 'रफ्तार चितवन' द्वारा फलफूल वितरण | | रत्ननगरका विद्यालय तहका विद्यार्थीका लागि 'ई–हब कोडिङ क्लास' सुरु, विद्यार्थीहरूको उत्साहजनक सहभागिता | रफ्तार संस्थाद्वारा रत्ननगर वडा नं. १२ मा शैक्षिक सामग्री वितरण तथा सचेतना कार्यक्रम सम्पन्न | रत्ननगरमा विद्यालय सञ्चालनमा एकरूपता र गुणस्तर सुधारको प्रयास: कक्षा १२ सम्म निःशुल्क शिक्षाको तयारी | आजका प्रमुख विश्व समाचार | आजका मुख्य विश्वव्यापी समाचार | आजका मुख्य अन्तर्राष्ट्रिय र राष्ट्रिय समाचार | प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? |

२५ भदौ: ‘सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ)’ मा संलग्न विभिन्न आठ देशका विदेशमन्त्रीहरु बिहीबार रुसको राजधानी मस्कोमा जम्मा भएका छन् । सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) का विदेश मन्त्रीहरूको बैठकका लागि उनीहरु त्यहाँ जम्मा भएका हुन् । यसै क्रममा विभिन्न देशका विदेशमन्त्रीहरुबीच आपसी र द्धिपक्षीय भेटवार्ता पनि हुने भएको छ ।

हाल सो संगठनमा चीन, रुस, भारत, पाकिस्तान, काजकिस्तान, किर्गीस्तान, ताजकिस्तान, उज्बेकिस्तान सदस्य रहेका छन् । भारत र पाकिस्तान पनि सो संगठनमा सन् २०१७ देखि सदस्य भएका हुन् । यस बैठकका लागि भारतीय विदेशमन्त्री एस जयशंकर र उनका पाकिस्तानी समकक्षी साह मोहम्मद कुरेसी पनि सहभागी भएका छन् ।

विदेशमन्त्रीहरुको यस बैठकको पूर्वसन्ध्यामा बिहीबार त्यहाँ भारतका विदेश मन्त्री एस जयशंकरले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गर्ने भएका छन् । यहाँ सहभागी विभिन्न देशका विदेशमन्त्रीहरुबीच द्धिपक्षीय मस्कोमा भेटवार्ता गर्ने भएको पनि समाचारमा जनाइएको छ ।

मस्कोमा बिहीबार भारतका विदेश मन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीबीच वार्ता हुने तय भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारत र चीनका बीचमा पछिल्लो समयमा सीमा विवाद चर्किदै गइरहेका बेला विदेश मन्त्रीहरूका बीचमा हुन लागेको यस भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।-एएनआई/Photo: Agency

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय