Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
विभिन्न आठ देशका विदेशमन्त्रीहरु रुसको राजधानी मस्कोमा
Nepali Unicode | Preeti to Unicode

२५ भदौ: ‘सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ)’ मा संलग्न विभिन्न आठ देशका विदेशमन्त्रीहरु बिहीबार रुसको राजधानी मस्कोमा जम्मा भएका छन् । सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) का विदेश मन्त्रीहरूको बैठकका लागि उनीहरु त्यहाँ जम्मा भएका हुन् । यसै क्रममा विभिन्न देशका विदेशमन्त्रीहरुबीच आपसी र द्धिपक्षीय भेटवार्ता पनि हुने भएको छ ।

हाल सो संगठनमा चीन, रुस, भारत, पाकिस्तान, काजकिस्तान, किर्गीस्तान, ताजकिस्तान, उज्बेकिस्तान सदस्य रहेका छन् । भारत र पाकिस्तान पनि सो संगठनमा सन् २०१७ देखि सदस्य भएका हुन् । यस बैठकका लागि भारतीय विदेशमन्त्री एस जयशंकर र उनका पाकिस्तानी समकक्षी साह मोहम्मद कुरेसी पनि सहभागी भएका छन् ।

विदेशमन्त्रीहरुको यस बैठकको पूर्वसन्ध्यामा बिहीबार त्यहाँ भारतका विदेश मन्त्री एस जयशंकरले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गर्ने भएका छन् । यहाँ सहभागी विभिन्न देशका विदेशमन्त्रीहरुबीच द्धिपक्षीय मस्कोमा भेटवार्ता गर्ने भएको पनि समाचारमा जनाइएको छ ।

मस्कोमा बिहीबार भारतका विदेश मन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीबीच वार्ता हुने तय भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारत र चीनका बीचमा पछिल्लो समयमा सीमा विवाद चर्किदै गइरहेका बेला विदेश मन्त्रीहरूका बीचमा हुन लागेको यस भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।-एएनआई/Photo: Agency

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय