Nepali Unicode | Preeti to Unicode
 BREAKING
चितवनमा युवकमाथि निर्घात कुटपिट गर्ने असई निलम्बनमा | सुन्तलाको मूल्य वृद्धि हुँदा किसान उत्साहित | पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग देउवाले लिए कार्यप्रगतिबारे जानकारी | पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त आज | चार्जिङ स्टेसनमा लगानी बढाउनुपर्छ: कुलमान घिसिङ | तीन रेमिट्यान्स कम्पनीको इजाजत खारेज | भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त | संविधान संशोधनका लागि केही दिनभित्रै कांग्रेस-एमालेको संयन्त्र बन्छ : महामन्त्री थापा | यू–१९ एक दिवसीय सिरिज: हङकङसामू नेपालको चुनौतीपूर्ण लक्ष्य | कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै |

झापा, २५ भदौ: झापामा व्यावसायिक केराखेती गर्दै आएका किसानहरु बन्दाबन्दीसँगै मल अभावको दोहारो समस्यामा परेका छन् । सरकारले स्थानीय सहकारी संस्थाहरुमार्फत पछिल्लो समय मलको व्यवस्था गरे पनि केराखेती गर्दै आएका किसानले मल पाएका छैनन् । गोडमेल गर्ने अहिलेको मौसममा रासायनिक मल प्रयोग गर्न नपाउँदा केराका बोट कुहिने र फल नलाग्ने समस्या देखा परिसकेको छ ।

विगत चार वर्षदेखि व्यावसायिकरूपमा कनकाई नगरपालिकाको वडा नं. ४, ५ र ६, झापा गाउँपालिकाको वडा नं. ५ र बाह्रदशी गाउँपालिकाको वडा नं. ७ मा १५० बिघा जमिनमा व्यावसायिक केराखेती गर्दै आएका दुर्गामाता कोलाखेती कृषि फार्मका अध्यक्ष लक्ष्मी चिमरियाले मल अभावमा केराखेती धरासायी भएको बताए ।

“एकातिर बजारको समस्या अर्कोतिर मलको”, उनले भने, “बन्दाबन्दीका कारण लाखौँ नोक्सान हुने भयो ।” उनले केरालाई असारदेखि भदौ महिनासम्ममा गोडमेल गरेर युरिया, डिपो र पोटासलगायतको मल लगाइसक्नुपर्ने बनाए ।

विसं २०७४ सालमा १२ बिघा जमिन भाडामा लिएर शुरु गरिएको केराखेती विस्तार अहिले ३४ जना किसानको १५० बिघा जमिनमा छ । मालभोग, चिनीचम्पा, लालकेरालगायतका जातको खेतीबाट गत वर्ष रु एक करोड आम्दानी भएको थियो ।

यहाँ उत्पादन गरिएको केरा काठमाडौँका व्यापारीलाई बोटबाटै गतवर्ष प्रतिकोसा रु पाँचमा विक्री गरिएको बताउँदै उनले भने, “बन्दाबन्दीले काठमाडौँका व्यापारी आउन पाएनन् स्थानीय व्यापारीले प्रतिकोसा रु तीनभन्दा बढी दिँदैनन् । नाफा त के खर्च पनि नधान्ने अवस्था भयो ।” बेलैमा गोडमेल गरेर मल हाल्न नसक्दा गाना कुहिएर केराको बोट मर्न थालेको उनको भनाइ छ ।

एक सय ५० बिघा जमिनमध्ये ७० बिघाको केराखेतीले मात्र फल दिइरहेको उनले बताए । बाँकी जमिनमा हुर्किरहेका बिरुवा फल नदिँदै मर्न थालेका छन् । उनले हालसम्म कृषि ज्ञान केन्द्र झापाबाट खेती प्रवद्र्धनका लागि रु २७ लाख अनुदान पाएको जानकारी दिए ।

प्रदेश नम्बर १ का कृषि राज्यमन्त्री रामबहादुर राना मगर, कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिंहलगायतले केराखेतीको अवलोकन गरी मल उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।-रासस/File Photo

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय