Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

एजेन्सी, २४ भाद्र । सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा लागुऔषधको विषयको अनुसन्धानको क्रममा कन्ट्रोल ब्युरोले प्रेमिका तथा मुख्य आरोपी रिया चक्रवर्तीलाई गिरफ्तार गरेको छ । रियालाई मंगलबार एनसीबीले गिरफ्तार गरेको हो । उनलाई १४ दिनको लागि न्यायिक हिरासतमा राख्नेछ । रियाको गिरफ्तारीलाई लिएर सुशान्तका पक्षमा बोल्नेहरु खुशी भइरहेका छन् भने अर्को तर्फ बलिउडका केहि हस्तीहरुले रियाको पक्षमा आवाज उठाएका छन् । कसैले रियाको नाम तोकेरै पक्षमा बोलेका छन् भने कसैले नाम नलिई सर्पोट गरिरहेका छन् ।

एक फिल्मका निर्देशकले रियाको सर्मथन गर्दै एक ट्विट गरेका छन्, जसमा उनल लेखेका छन्, रियाको बाहिर आउने पर्खाइमा छु, र उनीसँग काम गर्न चाहान्छु । निर्देशक तथा कलाकार निखिल देदीले ट्विटमा लेखेका छन्, ‘रिया तिमी को हौ म चिन्दिन, तिमीलाई बाहिर जसरी देखाइएको छ त्यति नै खराब वा राम्रो पनि हुन सक्छौ । जब तिम्रो यो केस सकिन्छ तब तिमीसँग सँगै काम गर्न चाहान्छु । ’

यो भन्दा पहिला कलाकार सम्राटले पनि रियाको सर्मथनमा ट्विट गरेका थिए । उनले जस्टिक फर रिया लेखेर ट्विट गरेका थिए । रियाको समर्थन सोनम कपुर, शबाना आजमी, फरहान अख्तर, अनुराग कश्यप, विद्या वालन आदी बलिउड कलाकारहरुले गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय