Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

विराटनगर, २५ भदौ । प्रधानसेनापति पूर्णचन्द्र थापाले मुलुकमा विशेष कारणवश संकटकाल घोषणा भएको अवस्थामा मात्रै सेना परिचालन हुने बताएका छन् ।

कोभिड व्यवस्थापनका लागि सेना परिचालन गर्नुपर्ने आवाज उठिरहेका बेला प्रधानसेनापति थापाले संकटकाल घोषणाको अवस्थामा मात्रै सेना परिचालन हुने र अन्य अवस्थामा सेनाले सरकारको सहयोगी अंगका रूपमा मात्रै काम गर्ने स्पष्ट पारे । प्रधानसेनापति थापाले बुधबार विभिन्न सञ्चारमाध्यमका सम्पादकसँग आफ्नो दुई वर्षे कार्यकालमा भएका उपलब्धिबारे जानकारी गराउन आयोजित कार्यक्रममा मुलुकको अवस्था साँच्चै नै संकटमा पुगेको निक्र्योल सरकारले गरेको खण्डमा सेना परिचालन हुन सक्ने बताए ।

‘यदि राष्ट्रलाई साँच्चै इमर्जेन्सी नै हो भन्ने लाग्छ भने त्यो अवस्थामा सेना प्रयोग हुन सक्छ । अन्य समयमा भने सेना सरकारको सहयोगी भूमिकामा नै बस्नुपर्छ भन्ने हाम्रो संगठनको धारणा हो,’ प्रधानसेनापति थापाले भने ।

थापाले नेपाली सेना जहिल्यै पनि नागरिक सर्वोच्चताको पक्षमा रहँदै आएको र सरकारको आदेश पालना गर्नु सेनाको कर्तव्य भएको बताए । प्रधानसेनापति थापाले आफ्नो दुई वर्षे कार्यकाल पूर्ण रूपमा सफल भएको र आगामी वर्ष सेनाको थप सुदृढीकरणमा विशेष ध्यान दिइने बताए ।

प्रधानसेनापति थापाले संकटको यस घडीमा कसैले पनि कुनै प्रकारको भ्रम फैलाउन नहुने स्पष्ट पारे । कोभिड व्यवस्थापनका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिदको विषयलाई लिएर रक्षा मन्त्रालय र जंगी अड्डाबीच कुनै द्विविधा नरहेको उनले स्पष्ट पारे । आजको राजधानी दैनिकमा समाचार छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय