Nepali Unicode | Preeti to Unicode
 BREAKING
त्रिवि क्रिकेट मैदानको काम समयमै नसक्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जाना | इच्छाकामना गाउँपालिकाका किसानलाई १७ हजार पाँच सय सुन्तलाका बिरुवा वितरण | लण्डन वेम्बलीमा १२ वर्षपछि इतिहास दोहोर्‍याउँदै नेपथ्य | साउन २ गतेसम्म शिक्षा ऐन पास नभए फेरि आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी | गैरआवासीय नेपाली संघ (NRNA) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि नासिर मियाले क्षेत्रीय सह-कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा | सरकारी सबै सुविधा त्यागका लागि गृह मन्त्रालयमा पूर्वराष्ट्रपतिको पत्र | माछा मार्न जाँदा गोहीको आक्रमणबाट रत्ननगरका युवकको मृत्यु | नारायणी नमुना मावि यस वर्ष पनि उत्कृष्ट, ७ जनाले ल्याए ४ जीपीए | कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही ठाउँमा भारी वर्षाको सम्भावना | Custom Ai Growth: An Entire Information |

शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्देै अध्यक्ष दाहालले ओलीलाई कुहेको अण्डाको संज्ञा दिएका हुन्।

‘अण्डा स्वास्थ्यका लागि राम्रो कुरा हो। तर, अण्डा कुहियो भने त्यो भन्दा गन्धा चिज अरु केही पनि हुँदैन। कम्युनिष्टहरु राम्रा हुन्छन् तर गन्हाउन थाले बिग्रिन थाले र कुहिइयो भने त्यो भन्दा नराम्रो कोही पनि हुँदैन’, माओत्से तुङको भनाई उद्धृत गर्दै प्रचण्डले भने, ‘केपी ओली त्यही कुहिएको अण्डा हुन्। कुहिएको गन्हाएको अण्डालाई खाईदैन नि। त्यसलाई गाडिन्छ या जलाइन्छ। तपाईं हामी चाहिँ स्वस्थ्यवद्र्धक जीवनशील तत्व हो।’

कम्युनिष्ट आन्दोलन वैज्ञानिक मान्यतामा आधारित आन्दोलन भएको भए तापनि समाजमा भएका गलत संगत र अभ्यास पनि मिसिन आउने भएकाले गलत र सहीको संघर्ष सधैँ चलिरहने स्पष्ट पारे।

अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा विघटन भएको दिन आफुले प्रतिक्रान्तिको षडयन्त्र विरुद्ध जनयुद्ध सुरु भएको भनेको स्मरण गरे। उनले सर्वोच्चको फैसलासँगै सबै बिजयी भएको बताए।

उनले भने, ‘मैले प्रतिक्रान्तिको षडयन्त्रको विरुद्ध शान्तिपुर्ण रुपले नयाँ जनयुद्ध सुरु भयो भनेको थिएँ। जनयुद्धमा सर्वोच्चको फैसला पछि तपाई हामी सबै बिजयी भएको अवस्था हो।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय