Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

फागुन २२ । पछिल्लो समय देशमा महिला हिंसाका घटना बढिरहेकाले कैलालीको गौरीगङ्गा नगरपालिकाले किशोरी आत्मरक्षा तालीम सञ्चालन गरेको छ ।
नगरपालिकाले शुक्रबारदेखि तीन माध्यमिक विद्यालयमा एकैसाथ शुरु गरेको तालीममा सक्षम छोरी अभियानले सहजीकरण गरिरहेको छ ।
यस प्रकारको तालीमले समाजमा हुने महिला हिंसामा कमी आउनाका साथै महिला तथा किशोरीको आत्मविश्वास बढ्दा उनीहरू समाजका हरेक स्थानमा पहुँच बढाउन सफल हुने भएकाले तालीम आवश्यक रहेको सक्षम छोरी अभियानका सहजकर्ता शिवराज रिमालले बताए।
आत्मरक्षा तालीमबाट किशोरीहरू निकै उत्साहित देखिन्छन् । आफूहरूमाथि समाजमा विभिन्न किसिमका हिंसा हुने गरेकामा तालीमबाट त्यस्ता हिंसाको प्रतिकार गर्न सिकेकाले आफूले आफूलाई सुरक्षित महसुस गरेको सहभागी दिलमाया राना मगरले बताइन् ।
नगरपालिका उपप्रमुख अञ्चला चौधरीले किशोरी तथा महिलामाथि नजीकैको वा आफन्तैबाट नजानिँदो पाराले दुव्र्यवहार तथा हिंसा हुने गरेका कारण आत्मरक्षा तालीमले शुरुमा उनीहरूलाई गलत छुवाइ र त्यस्ता किसिमका हिंसाबाट बच्न सिकाउने बताइन्।
पालिकाले वडा नम्बर ८ स्थित जनप्रिय माध्यमिक, वडा नम्बर ४ स्थित कालिका माध्यमिक र वडा नम्बर १ स्थित मालिका माध्यमिक विद्यालयमा गरी १५० किशोरीलाई सहभागी गराई तालीम शुरु गरिएको हो ।रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय