Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
मोरङ प्रहरीको मुद्दा शाखामा फेरबदल, आर्थिक चलखेलकाे आशंका
Nepali Unicode | Preeti to Unicode
 BREAKING
एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी | स्तब्ध र समस्याग्रस्त युवा पुस्ता | गणतन्त्र पक्षधर दलहरुको निष्कर्ष : व्यवस्थाप्रति एकमत छौं |

विराटनगर,२४ भदौ । जिल्ला प्रहरी कार्यालय मोरङकाे अपराध अनुसन्धान शाखामा फेरबदल भएकाे छ । आर्थिक चलखेलको आशंकामा प्रहरी युनिटको अपराध अनुसन्धान शाखा (मुद्दा फाँट) फेरबदल भएकाे हाे ।

मुद्दा शाखामा कार्यरत प्रहरी कर्मचारीमाथि आन्तरिक अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले बताएको छ । मुद्दा शाखाबाट अपराधिक घटनामा जोडिएका अभियुक्तसँग लेनदेन हुने गरेको सूचना पाएपछि मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले युनिट परिवर्तन गर्दै लेनदेन विवादमा मुछिएका प्रहरीमाथि आन्तरिक छानविन सुरु गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयसहित मोरङका इलाका प्रहरी कार्यालयहरु रानी, रंगेली, सिजुवा, उर्लाबारी, पथरी, लेटाङ र बेलबारीको युनिट पनि परिवर्तन भएको छ । लामो समयदेखि विभिन्न युनिटको मुद्दा शाखामा कार्यरत रहेका प्रहरी नायव निरीक्षक (सइ) र हवल्दारसहित १२ जनालाई फेरबदल गरेर छानविन सुरू गरेकाे हाे ।

जिल्ला प्रहरीबाट सइ गोविन्द खवासलाई रंगेली, बेलबारीबाट रमेश प्रधानलाई सिजुवा, पथरीबाट सोम लामिछानेलाई रानी, उर्लाबारीबाट बालकुमार कटुवाललाई लेटाङ, रंगेलीबाट उज्वल खड्गीलाई जिल्ला प्रहरी, सिजुवाबाट मोति कटुवाललाई पथरी, सिजुवाबाटै कृष्ण प्याकुरेललाई बेलबारी र लेटाङबाट दुर्गाबहादुर भट्टराईलाई उर्लाबारी लगिएको छ ।

मुद्दामै कार्यरत हवल्दार वीरबहादुर विकलाई जिल्ला प्रहरीबाट बेलबारी, काजीमान साउदेनलाई रानीबाट पथरी, भुवनराज खतिवडालाई बेलबारीबाट जिल्ला प्रहरी र राजु श्रेष्ठलाई पथरीबाट रानीमा पठाइएको छ ।

अनुसन्धान फितलो गरेको र लेनदेनको गुनासो आएपछि मुद्दा शाखामा कार्यरत केही कर्मचारीलाई जिम्मेवारीबाट हटाइएको स्रोतको दाबि छ ।

विभिन्न घटनाका अभियुक्त साँठगाँठ गरेर आर्थिक चलखेल गरेको गुनासो आएपछि आन्तरिक छानविन सुरु गरेको प्रहरी उपरीक्षक खड्काले बताए । पैसाको लेनदेन गरेको भेटिए कारवाही गर्ने उनले बताए ।

अपराधिक घटनालाई अनुसन्धान गर्दै वास्तविकता पत्ता लगाएर टुंगोमा पुर्याउने जिम्मेवारी मुद्दा फाँटको हुन्छ । मुद्दा शाखाबाटै भएको अनुसन्धानलाई आधार बनाएर सरकारी वकिल कार्यालयले अदालतमा सबै खाले घटनाको अभियोग दर्ता गर्ने गरेको छ ।

बयान लिनेदेखि लिएर अनुसन्धानलाई टुंगोमा पुर्याउँदासम्म अपराधिक घटनामा जोडिएका वा कुनै घटनामा अभियुक्त बनाइएका व्यक्तिसँग मुद्दा शाखाका अधिकारीसँग सोझो सम्पर्क हुन्छ । तर लेनदेनको विवादमा मुद्दा शाखा तानिएको हो ।

गत १५ साउनमा मोरङको बूढीगंगा गाँउपालिका–२ आरती स्ट्रिप्स उद्योग अगाडि को १ ख ६९५२ नम्बरको सिमोन यातायातको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो । दुर्घटनामा फरार रहेका चालक सुनसरी खनारका सहदेव चौधरीलाई सवारी ज्यान मुद्दामा अदालतले मागेको दुई लाख रुपैयाँ धरौटी बुझाएर उनी छुटिसकेका छन् । तर सो दुर्घटनाको मुद्दा कमजोर बनाउन सवारी धनीसँग एकलाख रुपैयाँ लेनदेन भएको गुनासो प्रहरी उपरीक्षक खड्कासम्म पुगेको थियो ।

‘लामै समयदेखि मुद्दा फाँटमा कार्यरत रहेर बिचौलियासँग साँठगाँठ गर्दै विवादमा तानिएका प्रहरीमाथि छानबिन भइरहेको छ,’ खड्काले भने, ‘लेनदेनको आरोप लागेकालाई जिम्मेवारीबाट हटाएर छानबिन र कारबाहीलाई सजिलो बनाउन कतिपयलाई अन्यत्रकै कार्यालयमा सरुवा गरिसकिएको छ ।’

दुर्घटना सम्बन्धी विवादमा भोजपुर दरबन्दी भई जिल्ला प्रहरी कार्यालय मोरङको मुद्दा फाँटमा कार्यरत प्रहरी हवल्दार सुनिल यादव मुछिएका छन् । लामै समयदेखि मोरङमा कार्यरत छन् ।

अपराध अनुसन्धानको जिम्मेवारीबाट अलग गराउँदै यादवमाथि छानबिन भइरहेको एसपी खड्काले जानकारी दिए । यता यादवले भने कुनै लेनदेन नभएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय