काठमाडौं, २४ भदौ । काठमाडौं उपत्यकाका तीन वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुले भोलिबाट निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेका छन् । उनीहरुको आज अपरान्ह बसेको संयुक्त बैठकले भोलिदेखि जनजीवन सामान्य बनाउनेगरि निर्णय गरेको हो । यातायात पनि जोर/बिजोर प्रणालीमा सञ्चालन गर्न दिईने र सुरक्षा मापदण्डसहित पसल, व्यवसायपनि सञ्चालन गर्न दिईने उनीहरुको निर्णय छ ।