Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
बलात्कार आरोपमा मोरङबाट पूर्व भारतीय सैनिक पक्राउ
Nepali Unicode | Preeti to Unicode

विराटनगर, २४ भदौ । बालिका बलात्कारको आरोपमा प्रहरीले मोरङको सुन्दरहरैंचा नगरपालिका–४ बाट एक पुरुषलाई पक्राउ गरेको छ । आफ्नै घरमा भाडा गरी बस्ने १५ वर्षीय बालिकालाई करणी गरेको आरोपमा सुन्दरहरैंचा नगरपालिका–४ का ५४ वर्षीय उमेश नेपाल पक्राउ परेका हुन् । पक्राउ परेका नेपाल अवकाश प्राप्त (पूर्व) भारतीय सैनिक हुन् ।

भाडामा बस्ने बालिकालाई दुई वर्षयता धम्की दिएर करणी गरेको आरोपमा जाहेरी परेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बुधबार उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाएको छ ।

दुई वर्षदेखि आफूमाथि बलात्कार गरिरहेको कुरा बालिकाले मंगलबार साँझ सुनाएपछि अभिभावकले प्रहरीमा बुधबार किटानी जाहेरी दिएका छन् । जाहेरीका आधारमा नेपाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए ।

बालिकाका परिवार चार वर्षदेखि नेपालको घरमा भाडामा बस्दै आएका छन् । प्रहरीका अनुसार बालिकाले आफूमाथि घरकै कोठा, होटल र बाटोमासमेत बलात्कार भएको बयान दिएकी छन् । तर कसैलाई सुनाएमा ज्यान मार्ने धम्की दिएपछि बालिकाले घटनालाई गुपचुप राखेको प्रहरीले बताएको छ ।

भारतीय सेनामा कार्यरत नेपालले विस २०६४ सालमा अवकाश पाएका हुन् । अवकाशपछि घरमै बसेर जग्गा कारोबार गर्दै आएका थिए ।

केराबारीबाट एकजना पक्राउ

मोरङको केराबारीबाट पनि १५ वर्षीया बालिकामाथि बलात्कार प्रयासको अभियोगमा एकजनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा केराबारी गाउँपालिका–७ का ४२ वर्षीय शुक्रबहादुर नेम्वाङ रहेका छन् ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकाल नेतृत्वको टोलीले नेम्वाङलाई घरैबाट पक्राउ गरेको हो । बालिकामाथि बलात्कारको प्रयास हुँदै गर्दा स्थानीयले देखेर प्रहरीलाई खबर गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय