Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

२१ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीको झापा भ्रमण स्थगित भएको छ । प्रधानमन्त्री नआउने भएपछि नेकपा ओली समूहले विर्तामोडमा आयोजना गर्ने भनिएको जनसभा पनि स्थगित भएको छ ।
नेकपा विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा फर्काउने सहमतिपछि आयोजना गरिने सभालाई सम्बोधन गर्नुपर्ने भएपछि ओलीले झापा भ्रमण स्थगित गरेका हुन् ।
प्रधानमन्त्री झापा नआउने भएपछि विर्तामोडमा आयोजना गर्ने भनिएको सभा पनि स्थगित भएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए ।
यसअघि प्रधानमन्त्रीको उपस्थितिमा झापा विद्रोहका अगुवा मारिएको स्थान सुखानीमा श्रदाञ्जली सभा गर्ने कार्यतालिका थियो । २०२९ साल फागुन ९ गते झापा विद्रोहका अगुवा रामनाथ दाहालसहित पाँच जनाको राज्यपक्षले गोली हानी हत्या गरेको थियो ।
सहिदको सम्झनामा अर्जुनधारा नगरपालिकामा सालिकसहितको पार्क निर्माण गरिएको छ । प्रधानमन्त्री नआउने भएपछि सुखानीमा प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासी सहभागी हुन जानेछन् ।
एक सातामा प्रधानमन्त्री ओली दुई पटक झापा आइसकेका थिए । तेस्रो पटक आउने कार्यक्रम भने स्थगित भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय