Nepali Unicode | Preeti to Unicode
 BREAKING
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित | प्रधानमन्त्रीबाट क्रिकेट टीमलाई जितको शुभकामना- विश्वले नेपाली धुन सुन्ने विश्वास | जङ्गलमा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला | खोला किनारमा चितुवा मृत फेला | ‘पर्यटकीय सहर, समुन्नत रत्ननगर’को सङ्कल्पसहित रत्ननगर नगरपालिकाको २९औँ स्थापना दिवस मनाइयो | गृहमैदानमा चुक्यो नेपाल, स्कटल्यान्डसँग पराजित भएसँगै विश्वकप यात्रा टुंगियो | "बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” | मुलुकभर उत्साहजनक रूपमा मनोनयनपत्र दर्ता, ३४९४ जनाको उम्मेदवारी | कांग्रेसले कुन-कुन क्षेत्रमा टुङ्ग्यायाे उम्मेदवार ? (सूचीसहित) | एमालेले टुंग्यायो उम्मेदवार, कुन नेता कहाँबाट ? |

२१ फागुन । सरकारले चिनियाँ नाकाबाट पहिलो पटक रासायनिक मल ल्याउन गरेको परीक्षण सफल भएको छ ।
चिनियाँ बजारबाट खरिद गरिएको चार हजार मेट्रिक टन यूरिया मल आगामी शनिबार तिब्बतको सिगात्सेबाट तातोपानी आइपुग्ने निश्चित भएको साल्ट ट्रेडिङ कर्पोरेसनले जनाएको छ ।
साल्ट ट्रेडिङको ग्लोबल टेण्डरबाट मल ल्याउने जिम्मा पाएको नेपाली कम्पनी शिल्क मार्केटले शनिबारसम्म मल तातोपानी आइपुग्ने जनाएको छ । सिगात्सेको गोदामबाट चार हजार मेट्रिकटन युरिया मल तातोपानीतर्फ ल्याउन थालिएको कम्पनीका प्रमुख सञ्चालन अधिकृत कल्याण सिलवालले बताए । ‘मल सिगात्सेबाट तातोपानी ल्याउने चरणमा छ, शनिबार मल आइपुग्छ । उत्तरी नाकाबाट पहिलो पटक रासायनिक मल ल्याउन सफल भएका छौं,’ सिलवाललले भने ।
पहिलो पटक उत्तरी नाकाबाट मल तातोपानी नाका हुँदै नेपाल आइपुग्ने निश्चित भएको साल्ट टे«डिङका सूचना अधिकारी कुमार राजभण्डारीले पनि पुष्टि गरे । ‘चार हजार मेट्रिकटन युरिया अहिले सिगात्सेको गोदाममा आइपुगेको छ, अर्को सातासम्म तातोपानी नाका भएर नेपाल आइपुग्छ,’ सूचना अधिकारी राजभण्डारीले भने । चीनमै उत्पादन भएको युरिया शिल्क मार्केट कम्पनीले खरिद गरेको र नेपाल ल्याउने प्रक्रियामा रहेको उनको भनाइ छ ।
सिगात्सेबाट तातोपानी नाका हुँदै युरिया मल कन्टेनरमा नेपाल आइपुग्ने साल्ट ट्रेडिङले जनाएको छ । चीनमै खरिद गरिएको मल पनि हालसम्म भारततर्फको जलमार्ग भएर नेपाल भित्रिने गरेको र अहिले पहिलो पटक परीक्षणको रुपमा उत्तरी नाकाबाट पनि मल ल्याउन प्रयास गरेको कर्पोरेसनले जनाएको छ । कुल १८ करोड १८ लाख ८० हजार रुपैयाँ बराबरको ९प्रतिमेट्रिकटन ३८९।९० अमेरिकी डलर० ४ हजार मेट्रिकटन मल उत्तरी नाकाबाट भित्रिने जनाइएको छ ।
कर्पोरेसनकाअनुसार लागतमा खासै फरक नपरे पनि दुरीका कारण छिटो मल ल्याउन सकिन्छकी भनेर मल ल्याइएको हो । उत्तरको बाटो भएर पहिलो पटक मल ल्याउने पहल सफलताउन्मुख रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । कृषि मन्त्रालयका सचिव डा। योगेन्द्र कुमार कार्कीले पहिलो पटक उत्तरबाट मल ल्याउने काम नतिजाउन्मुख रहेको बताए ।
तत्कालीन कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले परीक्षणको रुपमा ९ हजार मेट्रिकटन मल उत्तरी नाकाबाट ल्याउन पहल गरेका थिए । जसअनुसार ५ हजार मेट्रकटन डीएपी मल ल्याउने जिम्मा कृषि सामग्री कम्पनी लिमिटेड र ४ हजार मेट्रिकटन युरिया मल ल्याउने जिम्मा साल्ट ट्रेडिङले पाएको थियो, जसमध्ये कृषि सामग्रीले खोलेको टेण्डरमा कुनै पनि आवेदन परेको थिएन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय