Nepali Unicode | Preeti to Unicode
 BREAKING
सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक |

खोटाङ, २४ भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मामा प्रांगारिक मल उद्योग र बायोग्याँस प्लान्ट स्थापनाको काम सम्पन्न भएको छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार, सोल्मा, बाम्राङ, नेर्पालगायत वरपरका स्थानीय बासिन्दाको घरबाट निस्कने कुहिने, सड्ने र मक्किने वस्तुलाई प्रशोधन गरेर प्रांगारिक मल उत्पादन गर्ने तथा मानव मलमुत्रबाट बायोग्याँस उत्पादन गर्ने लक्ष्यका साथ सोल्मामा प्रांगारिक मल उद्योग र बायोग्यास प्लान्ट स्थापना गरिएको हो ।

पन्ध्र वडा रहेको नगरपालिकालाई प्रांगारिक क्षेत्र बनाउन अर्थमन्त्रालयको विशेष अनुदानवापतको तीन करोड ३२ लाखको लागतमा एकैठाउँमा प्रांगारिक मल उद्योग र बायोग्याँस प्लान्ट स्थापना गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताए । ‘ल्याब परीक्षण, जनशक्ति व्यवस्थापनबाहेक भौतिक संरचनाको काम सम्पन्न भएको छ,’ उनले भने, ‘भ्यालिडिटीका लागि ल्याब टेष्ट गराउने र आवश्यक जनशक्ति व्यवस्था गरेर केही दिनमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।’

नगरपालिकाका अनुसार मेसिन तथा औजार खरिदमा एक करोड १७ लाख र ट्रस भवनलगायतका संरचना निर्माणमा ३९ लाख खर्च भएको छ । वरपर पाइने स्याउला, पत्कर, गोबर तथा बजारमा पाइने कुहिने सामग्री संकलन गरेर प्रशोधन गर्दै प्रतिघण्टा एक हजार केजी प्रांगारिक मल उत्पादन गर्न सकिने नगरपालिकाका कार्यपालिका सदस्य गंगाबहादुर विश्वकर्माले बताए ।

प्रांगारिक मल उद्योग तथा बायोग्याँस प्लान्ट स्थापना गर्न कार्यपालिका सदस्य विश्वकर्माले दुई रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए । प्रांगारिक मल उत्पादनका लागि कुहिने, सड्ने र मक्किने वस्तु प्रतिकेजी डेढदेखि दुई रुपैयाँका दरले खरिद गर्ने तयारी गरिएको नगरपालिकाले जनाएको छ ।

उद्योगबाट उत्पादन भएको मललाई नगरपालिकाकै अगुवाइमा थोक बिक्रेतामार्फत् बिक्री वितरण गर्ने व्यवस्था मिलाइने जनाइएको छ । उद्योगबाट उत्पादित प्रांगारिक मल पहिलो चरणमा नगरपालिकाभित्रकै कृषकलाई अनुदानमा वितरण गर्ने तयारी गरिएको नगरपालिकाले जनाएको छ ।

उद्योगबाट उत्पादित प्रांगारिक मल मलिलो र राम्रो हुने नगरपालिकाका कृषि शाखा प्रमुख धर्मेन्द्र कोलनीले बताए । प्राविधिकका अनुसार ‘टर्नर’मा काटेर ‘थुम’मा हालेर क्रसर चलाएपछि धुलो बनेको मलको कच्चा पदार्थ स्क्रिनिङ मेसिनमा पुग्दा तयारी भएर बोरामा प्याक भएर मलका रूपमा बाहिर निस्कन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय