Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

२० फागुन । विश्व वन्यजन्तु दिवसको अवसरमा जिल्ला सदरमुकाम कावासोतीस्थित नारायणी नदी किनार सरसफाइ तथा विविध कार्यक्रम गरिएको छ । मानवीय कारणले वन्यजन्तुको वासस्थान सङ्कटमा परेको भन्दै वन्यजन्तु संरक्षणका लागि नारायणी नदी किनार सरसफाइका साथै वन्यजन्तु तथा चराचुरुङ्गी अवलोकनसमेत गरिएको थियो । नारायणी नदी किनारसँगै कावासोती नगरपालिकाको मध्यवर्ती सामुदायिक वनअन्तर्गत पर्ने शान्तिकुञ्ज नमूना वन तथा कृष्णसार वन परिसरमा समेत सरसफाइ गरिएको थियो ।
चोरी शिकार नियन्त्रण युवा जागरण अभियानका अध्यक्ष केवलप्रसाद चौधरीले वनजङ्गल क्षेत्रमा बढ्दै गएको प्रदूषण र दूषित पानीका कारण वन्यजन्तुको स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको बताउनुभयो । कार्यक्रममा कावासोती नगरपालिका–१३ का वडाध्यक्ष विनोद रानाले जथाभावी फोहोर फालिँदा ती फोहर वन्यजन्तुले खाएर बिरामी पर्ने गरेका बताउनुभयो । प्लाष्टिक तथा बोतल जथाभावी फाल्नाले वन्यजन्तुले खाने तथा सिसा फुटेर वन्यजन्तुको खुर तथा खुट्टामा घाउ हुने उहाँले बताउनुभयो ।
चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रअन्तर्गतको लामिचौर उपभोक्ता समिति मातहतको समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियान, जटायु रेष्टुराँ व्यवस्थापन समिति, कृष्णसार मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति, नमूना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति र शान्तिकुञ्ज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिको आयोजनामा कार्यक्रम गरिएको थियो ।
सरसफाइ तथा चेतनामूलक कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जको लौखानी रेन्जपोष्टका प्रमुख सुशील झा, कृष्णसार मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भेषराज महतोलगायत वन समितिका पदाधिकारीले संरक्षणका बारेमा धारणा राख्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय