Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

२० फागुन । विश्व वन्यजन्तु दिवसको अवसरमा जिल्ला सदरमुकाम कावासोतीस्थित नारायणी नदी किनार सरसफाइ तथा विविध कार्यक्रम गरिएको छ । मानवीय कारणले वन्यजन्तुको वासस्थान सङ्कटमा परेको भन्दै वन्यजन्तु संरक्षणका लागि नारायणी नदी किनार सरसफाइका साथै वन्यजन्तु तथा चराचुरुङ्गी अवलोकनसमेत गरिएको थियो । नारायणी नदी किनारसँगै कावासोती नगरपालिकाको मध्यवर्ती सामुदायिक वनअन्तर्गत पर्ने शान्तिकुञ्ज नमूना वन तथा कृष्णसार वन परिसरमा समेत सरसफाइ गरिएको थियो ।
चोरी शिकार नियन्त्रण युवा जागरण अभियानका अध्यक्ष केवलप्रसाद चौधरीले वनजङ्गल क्षेत्रमा बढ्दै गएको प्रदूषण र दूषित पानीका कारण वन्यजन्तुको स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको बताउनुभयो । कार्यक्रममा कावासोती नगरपालिका–१३ का वडाध्यक्ष विनोद रानाले जथाभावी फोहोर फालिँदा ती फोहर वन्यजन्तुले खाएर बिरामी पर्ने गरेका बताउनुभयो । प्लाष्टिक तथा बोतल जथाभावी फाल्नाले वन्यजन्तुले खाने तथा सिसा फुटेर वन्यजन्तुको खुर तथा खुट्टामा घाउ हुने उहाँले बताउनुभयो ।
चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रअन्तर्गतको लामिचौर उपभोक्ता समिति मातहतको समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियान, जटायु रेष्टुराँ व्यवस्थापन समिति, कृष्णसार मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति, नमूना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति र शान्तिकुञ्ज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिको आयोजनामा कार्यक्रम गरिएको थियो ।
सरसफाइ तथा चेतनामूलक कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जको लौखानी रेन्जपोष्टका प्रमुख सुशील झा, कृष्णसार मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भेषराज महतोलगायत वन समितिका पदाधिकारीले संरक्षणका बारेमा धारणा राख्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय