Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

 

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणमा अभिनेत्री रिया चक्रवर्तीलाई १४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

अदालतको अनुमति अनुसार उनी सेप्टेम्बार २२ सम्म घटना अनुसन्धानका लागि हिरासतमा रहनु पर्ने भएको छ । राजपूतको मृत्युसँग जोडिएको ड्रग्सको लेनदेन प्रकरणमा उनलाई मंगलबार पक्राउ गरेर नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबीले अदालतमा उपस्थित गराएको थियो ।

एनसीबीले रियालाई अनुसन्धानका लागि हिरासतमा राख्न माग गरे प िउनका कानुन व्यवसायीले भने जमानतको माग गरेका थिए। तर अदालतले जमानतको माग खारेज गरिदिएको छ ।

राजपूत मृत्यु प्रकरणमा उनीसँग एनसीबीले सोधपुछ र अनुसन्धान जारी राखेको छ । यही मृत्य्ु प्रकरणमा रियाका भाइ शौविक चक्रवर्तीलाई यसअघि नै गिरफ्तार गरिसकिएको
छ । अहिलेसम्म घटना अनुसन्धानका क्रममा १० जना पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय