Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
बामदेवको अर्थमन्त्रीमा दाबी
Nepali Unicode | Preeti to Unicode

काठमाडौं, २३ भाद्र । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभामा सरकारबाट मनोनित हुने सदस्यका रुपमा जाने निश्चितप्रायः भइसकेको छ । उनलाई मनोनित गर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि तयार भइसकेका छन् । उनको नाम यसै हप्ता बस्ने मन्त्रिपरिषद् बैठकबाट मनोनयनका लागि सिफारिश हुने बुझिएको छ । गौतमको नागरिकताको प्रतिलिपि बालुवाटारमा पुगिसकेको छ

विश्वस्त स्रोतका अनुसार गौतमले प्रधानमन्त्री ओलीसँगको भेटमा प्रष्टसँग आफ्नो चाहना राखिसकेका छन् । उनले अर्थमन्त्री बनेर उत्कृष्ट काम गरेर देखाउन समेत भनेका छन् । तर, प्रधानमन्त्री ओलीले हुन्छ या हुन्न भनेका छैनन् ।

ओली गौतमलाई अर्थबाहेकको अन्य मन्त्रालयमा लाने पक्षमा छन् । उनले अर्थमन्त्रालय आफैले राखेर निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडामार्फत् चलाउनेबारे समेत छलफल गरेको बुझिएको छ । तर, अर्थमन्त्रीमा गौतमको दाबीले उनी अप्ठ्यारोमा छन् । गौतमलाई चिढ्याउन नहुनेमा ओली स्पष्ट छन् ।

गौतमले अर्थमन्त्री बनेर पुरक बजेट ल्याउने सम्मको रणनीति बनाएका छन् । उनले नेकपाको घोषणापत्र अनुसारको बजेटको तयारी गरेका छन् । अर्थमन्त्रालयमार्फत् लोकप्रीयता कमाउने र पार्टीमा पकड बढाउने सम्म उनको सोच देखिन्छ । तर, उनको यो रणनीति बुझेर रोक्न खोज्नेहरु सक्रिय भइसकेका छन् ।

अर्थमन्त्री नपाए गौतमले के गर्लान् ? यो प्रश्न उठेको छ । उनले गृह मन्त्रालय पाएमा सन्तुष्ट हुने सम्भावना पनि छ । त्यसका लागि रामबहादुर थापा बादललाई हटाउने या अन्य मन्त्रालयमा पठाउन सक्नुपर्छ । जुन कठिन हुनसक्छ ।

विगतमा दुईपटक गृहमन्त्री भइसकेका गौतमले फेरि गृह मन्त्रालय पाउने सम्भावना पनि छ । तर, उनको चाहना विकासे मन्त्रालय नै रहेको देखिन्छ ।

अर्थमन्त्रीमा नेकपाभित्रबाट विष्णु पौडेल, सुरेन्द्र पाण्डेलगायतको पनि दाबी छ । अन्य दाबेदार पनि रहेकाले गौतमका सामु चुनौती हुनसक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय