Nepali Unicode | Preeti to Unicode
 BREAKING
सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक |

२३ भदौ: दक्षिण अफ्रिकाको कूल गार्हस्थ उत्पादन गत वर्षको अप्रिलदेखि जुनको तुलनामा ५० प्रतिशतभन्दा बढीले सङकुचित भएको छ ।

दक्षिण अफ्रिकाको तथ्याङ्कमामिला अध्ययन गर्ने सरकारी निकायले मङ्गलबार सार्वजनिक तथ्याङ्कमा उक्त कुरा जनाइएको हो ।

“दक्षिण अफ्रीकाको अर्थव्यवस्था सन् २०१९ को दोस्रो त्रैमासिकको तुलनामा सन् २०२० को सोही अवधिमा ५१ प्रतिशतले सङ्कुचित भएको छ,” दक्षिण अफ्रीकी तथ्याङ्क विभागले भनेको छ ।

अभूतपूर्व गिरावट आउनुमा महामारीका कारण आएको परिस्थिति जिम्मेवार भएको सरकारी अधिकारीहरूले बताएका छन् । दक्षिण अफ्रिकाले महामारीबाट आफ्ना नागरिकको सुरक्षाका लागि गत मार्च २७ देखि कडा बन्दाबन्दीको घोषणा गरेको छ । जसका कारण देशैभरि प्रायः आर्थिक गतिविधि बन्द हुनुपरेको छ ।-एएफपी/Photo: Agency

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय