Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
सिन्धुपाल्चोकका ७७ हजार ९६६ परिवार नयाँ घरमा बसाइँ सरे
Nepali Unicode | Preeti to Unicode

सिन्धुपाल्चोक, २३ भदौ । विसं २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पबाट घरबारविहीन हुन पुगेकामध्ये सिन्धुपाल्चोकका ७७ हजार ९६६ परिवार नयाँ घरमा बसाइँ सरेका छन् ।

जिल्ला आयोजना कार्यान्वयन एकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालयका अनुसार निजी आवासतर्फ सिन्धुपाल्चोकमा हालसम्म कायम भएका पछिल्लो गुनासोसहित जम्मा लाभग्राही ९० हजार ९०४ मध्ये ८८ हजार १२३ लाभग्राही कायम भएका छन् ।

भूकम्पबाट जिल्लामा ७८ हजार ३३७ घर पूर्णरूपमा क्षति पुगेको थियो तर सरकारले निर्माण गरेको नीति निर्माण र कार्यान्वयनले भत्किएका घरमध्ये १२ हजार ५०० बढी लाभान्वित बनेका छन् । लाभग्राही कायम भएकाले घर बनाउन नसकिरहँदा हालसम्म पनि जिल्लामा दुई हजारको हाराहारीमा पुनरावेदन पेश गर्न सदरमुकाम धाइरहेका छन् ।

लाभग्राही कायम भएकामध्ये ८८ हजार ११० जनाले मात्रै घर बनाउनका लागि सम्झौता गरेको जिल्ला आयोजना कार्यान्वयन एकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका प्रमुख प्रेमप्रसाद गौतमले बताए ।

भूकम्प प्रभावित लाभग्राही सूचीमा रहेका सिन्धुपाल्चोकका तीन हजार ५८९ ले सम्झौता गरेर पनि अझै आवास निर्माण नगरेको पाइएको छ । विसं २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पमा परी सिन्धुपाल्चोकमा तीन हजार ५७३ जनाले ज्यान गुमाएका थिए भने ९५ प्रतिशत घर भत्किएको थियो । भूकम्पपछि सिन्धुपाल्चोकमा कुनै घर तथा सरकारी भवन, शैक्षिक संस्थाहरु बस्नलायक रहेका थिएनन् । घर बनाउन सम्झौता गरेर ५० हजार लिएकामध्ये ३६ लाभग्राहीले पहिलो किस्ता फिर्ता गरे पनि हालसम्म तीन हजार ५८९ जनाले हालसम्म पनि निर्माणको थालनी नगरेको कार्यालयले जनाएको छ ।

कोरोना कहरका बीच विश्व नै आक्रान्त बनिरहेको बेला जिल्लामा पुनःनिर्माणको कार्यले भने निरन्तरता पाएको छ । जिल्लामा गत चैत ११ गतेपछि मात्रै ९८६ लाभग्राही नयाँ घरमा सरेको पाइएको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयसँग तथ्यांक छ । कार्यालयको तथ्यांकअनुसार लकडाउनयता मात्रै ४२९ लाभग्राहीले पहिलो किस्ता लिएका छन् । यसैगरी ४८१ लाभग्राहीले दोस्रो किस्ता हासिल गरेका छन् ।

नब्बे हजार ९०४ लाभग्राही ठहर भएकोमा अनुदान सम्झौता गरेर ८८ हजार ११० लाभग्राहीले पहिलो किस्तावापतको रकम लिएको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयसँग तथ्यांक छ । हालसम्म पहिलो किस्ता लिएकामध्ये ८४ हजार ४%A

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय