Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

सिन्धुपाल्चोक, २३ भदौ । विसं २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पबाट घरबारविहीन हुन पुगेकामध्ये सिन्धुपाल्चोकका ७७ हजार ९६६ परिवार नयाँ घरमा बसाइँ सरेका छन् ।

जिल्ला आयोजना कार्यान्वयन एकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालयका अनुसार निजी आवासतर्फ सिन्धुपाल्चोकमा हालसम्म कायम भएका पछिल्लो गुनासोसहित जम्मा लाभग्राही ९० हजार ९०४ मध्ये ८८ हजार १२३ लाभग्राही कायम भएका छन् ।

भूकम्पबाट जिल्लामा ७८ हजार ३३७ घर पूर्णरूपमा क्षति पुगेको थियो तर सरकारले निर्माण गरेको नीति निर्माण र कार्यान्वयनले भत्किएका घरमध्ये १२ हजार ५०० बढी लाभान्वित बनेका छन् । लाभग्राही कायम भएकाले घर बनाउन नसकिरहँदा हालसम्म पनि जिल्लामा दुई हजारको हाराहारीमा पुनरावेदन पेश गर्न सदरमुकाम धाइरहेका छन् ।

लाभग्राही कायम भएकामध्ये ८८ हजार ११० जनाले मात्रै घर बनाउनका लागि सम्झौता गरेको जिल्ला आयोजना कार्यान्वयन एकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका प्रमुख प्रेमप्रसाद गौतमले बताए ।

भूकम्प प्रभावित लाभग्राही सूचीमा रहेका सिन्धुपाल्चोकका तीन हजार ५८९ ले सम्झौता गरेर पनि अझै आवास निर्माण नगरेको पाइएको छ । विसं २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पमा परी सिन्धुपाल्चोकमा तीन हजार ५७३ जनाले ज्यान गुमाएका थिए भने ९५ प्रतिशत घर भत्किएको थियो । भूकम्पपछि सिन्धुपाल्चोकमा कुनै घर तथा सरकारी भवन, शैक्षिक संस्थाहरु बस्नलायक रहेका थिएनन् । घर बनाउन सम्झौता गरेर ५० हजार लिएकामध्ये ३६ लाभग्राहीले पहिलो किस्ता फिर्ता गरे पनि हालसम्म तीन हजार ५८९ जनाले हालसम्म पनि निर्माणको थालनी नगरेको कार्यालयले जनाएको छ ।

कोरोना कहरका बीच विश्व नै आक्रान्त बनिरहेको बेला जिल्लामा पुनःनिर्माणको कार्यले भने निरन्तरता पाएको छ । जिल्लामा गत चैत ११ गतेपछि मात्रै ९८६ लाभग्राही नयाँ घरमा सरेको पाइएको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयसँग तथ्यांक छ । कार्यालयको तथ्यांकअनुसार लकडाउनयता मात्रै ४२९ लाभग्राहीले पहिलो किस्ता लिएका छन् । यसैगरी ४८१ लाभग्राहीले दोस्रो किस्ता हासिल गरेका छन् ।

नब्बे हजार ९०४ लाभग्राही ठहर भएकोमा अनुदान सम्झौता गरेर ८८ हजार ११० लाभग्राहीले पहिलो किस्तावापतको रकम लिएको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयसँग तथ्यांक छ । हालसम्म पहिलो किस्ता लिएकामध्ये ८४ हजार ४%A

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय