Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
नेपाली कांग्रेसमा विवाद चुलिँदै
Nepali Unicode | Preeti to Unicode

काठमाडौ, २२ भदौ । पार्टीको १४ औं महाधिवेशनको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेसभित्र आन्तरिक विवाद चुलिँदै गएको छ ।

सभापति शेरबहादुर देउवाले आफूखुसी पार्टीका विभाग विस्तार गरिरहेको भन्दै इतर पक्षले असन्तुष्टि जनाउँदै आएका छन् । महाधिवेशनलाई प्रभावित गर्ने गरी सभापति देउवाले विभाग गठन गरिरहेको उनीहरुको आरोप छ ।

रामचन्द्र पौडेल र सिटौला पक्षका नेताहरुले सभापतिले आफ्ना निर्णय नसच्याए धर्ना दिनेदेखि लिएर आमरण अनसन बस्नेसम्मको चेतावनी दिएका छन् । यता देउवा पक्षका नेताहरुले भने विभाग गठन र शुभेच्छुक संस्थाहरुलाई पूर्णता दिने निर्णय स्वभाविक भएको दावी गरेका छन् ।

नेता मीन विश्वकर्माले सभापति देउवाले गरेका निर्णयको बचाउ गरेका छन् । उनले विधानअनुसार ६ महिनाभित्र नै पार्टीका विभागलगायत सबै अंगहरुलाई विस्तार गर्ने प्रयास गरे पनि सहमति जुट्न नसकेको बताए । उनले भने, ‘सभापतिले सहमति गरौँ भन्दा सहमति पनि नहुने, सहमति नभएपछि निर्णय पनि नहुने, निर्णय नभएपछि पूर्णता कहिले नपाउने ? जब पूर्णता नै पाउँदैनन्, सभापति कमजोर हुनुहुन्छ । कमजोर भएपछि १४ औं महाधिवेशनमा पराजित गर्न सहज हुन्छ भन्ने इतर पक्षका साथीहरुको सोचाइ हो ।’

सभापतिले सर्वसम्मत निर्णय गरौं भनेर दबाव दिए पनि पौडेल पक्ष सहमतिमा आउन नचाहेको नेता विश्वकर्माले बताए । उनले भने, ‘सर्वसम्मत निर्णय गरौं भन्दा सहमति पनि नदिने बहुमतबाट जान्छु भन्दा बहुमतले पार्टी डुबायो भन्ने ।’ सभापतिले महाधिवेशनको पूर्वसन्ध्यामा यस्ता टिप्पणीहरुलाई सहजरुपमा लिनुपर्ने उनको बुझाइ छ ।

कांग्रेसका महामन्त्री शशांक कोइरालाले सभापतिले विधानविपरित गरेका कामको विरोध गर्दा पनि आफ्ना कुरा नसुन्ने गरेको आरोप लगाए । पार्टीभित्र सभापतिले मनोमानी गरिरहेको उनको भनाइ छ । सभापतिको निर्णय क्षमतामाथि नै प्रश्न उठ्ने गरी विभाग विस्तार गर्ने काम भएको उनले बताए । उनले भने, ‘उहाँले मनोमानी गर्नुभयो । यो ९ महिनामा विभाग गठन गरेर के गर्नुहुन्छ ? उहाँले मान्छे आकर्षित गर्नका लागि विभाग गठन गर्नुभयो, भोटका लागि । भोलि महाधिवेशन आउँदैछ, त्यसमा आकर्षित गर्नका लागि विभाग बनाउनु भयो । विभागको संख्या दिन प्रतिदिन बढाउँदै हुनु हुन्छ । मनपरि गर्दै हुनुहुन्छ ।’

सभापति देउवा विधानविपरित अगाडि बढेको निष्कर्ष निकाल्दै पौडेल समूहले चरणबद्ध आन्दोलनको तयारी गरेको छ । विधानविपरित भनिएका पछिल्ला निर्णयहरु फिर्ताका लागि सभापति देउवालाई दबाब दिन मौखिक र लिखितरुपमा ध्यानाकर्षणपत्र बुझाउनेदेखि आमरण अनशन बस्नेसम्मका दबाबमूलक कार्यक्रम गर्ने तयारी पौडेल समूहको छ । कांग्रेसको विधानतः चार वर्षको कार्यकाल सकिएर तदर्थ समितिमा रुपान्तरण भएपछि सभापति देउवाले संगठनल विस्तार गरेका हुन् /

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय