
१४ फागुन । गरिबी माथि चीनले गर्यो पूर्ण विजयको घोषणा लक्ष्य २०४९ भित्र शक्तिशाली समाजवादी राष्ट्र बन्ने
काठमाडौं चिनियाँ राष्ट्रपति सि चिनफिङले गरिबी विरुद्धको विजयको घोषणा गरेका छन्। बिहीवार बेइजिङमा आयोजित सम्मेलनमा गरिबी निवारणका क्षेत्रमा विजयी हासिल गरेको उनले घोषणा गरेका हुन्।
चिनियाँ कम्युनिस्ट पार्टीको सतवार्षिकीको चार महिना अगाडि राष्ट्रपति सिको यस्तो घोषणा आएको हो। चीनले यस वर्षको मध्यसम्ममा समाजलाई सबै कुरामा सामान्य समृद्धको घोषणा गर्ने तयारीमा छ। योसँगै २०२१ मा पहिलो सताब्तीमा हासिल गर्ने भनेको पहिलो सताब्दी लक्ष्य हासिल गरेको छ। त्यस्तै चीनले दोस्रो सताब्दीको लक्ष्य २०४९ मा समृद्ध, शक्तिशाली, प्रजातान्त्रिक, सांस्कृतिक रुपमा सम्पन्न र सामाञ्जस्यपूर्ण आधुनिक सामाजवादी राष्ट्र निर्माणको लक्ष्य हासिल गर्ने बताइएको छ।
गरिबी निवारणमा विजय हासिल गरेको घोषणा गर्दै राष्ट्रपति सिले बिहीवार गरिवी निवारणमा महत्त्वपूर्ण योगदान पुर्याउने एक हजार ९८१ व्यक्ति तथा एक हजार ५०१ सामुहलाई सम्मान गरेका छन्। चीनले यसबीचमा सबै ग्रामिण क्षेत्रका गरिब जनतालाई अहिलेको मापदण्ड अनुसार गरिबीबाट माथि उकासेको छ। जसमध्ये ८३२ काउन्टीहरु, एक लाख २८ हजार गाउँ र करिब १० करोड जनसंख्याको जीवनस्तर सुधार गरिएको छ।
राष्ट्रपति सिले पूर्ण गरिबीलाई उन्मुलन गर्ने कठिनपूर्ण काममा प्राप्त सफलताले इतिहासमा नयाँ चमत्कारको कथा थपिएको बताएका छन्। २०२१ मा चीनले चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सतवार्षिकी र २०४९ मा जनगणतन्त्र चीनको सतवार्षिकी मनाउँदै छ। २०२१ लाई गरिबी निवारको घोक्षणा र ४९ लाई बलियो समाजवादी राष्ट्रको रुपमा घोषणा गर्ने लक्ष्य लिएको थियो।
राष्ट्र संघको दीगो विकास लक्ष्य अनुसार २०३० मा विश्वबाट गरिबी निवारण गर्ने लक्ष्य अनुरुप १० वर्ष अगावै चीनले लक्ष्य हासिल गरेको हो। चिनियाँ कम्युनिस्ट पार्टीको २०१२ मा सम्पन्न १८ औं राष्ट्रिय कंग्रेसपछि प्रत्यक वर्ष चीनले एक करोड जनसंख्यालाई गरिबीबाट माथि उठाउँदै आएको छ।
चीनले यो उपलब्धि हासिल गर्नका लागि चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व, महासचिव सिको प्रतिवद्धता र पार्टीको परिचालले सफलता हासिल गरेको क्हुन फाउन्डेशनका अध्यक्ष तथा चाइना रिफर्म फ्रेन्डसिप मेडलबाट सम्मानित अमेरिकी नागरिक रोवर्ट लोरेन्स क्हुनले बताएका छन्।
बेइजिङ स्थित ग्रेट हल अफ पिपलमा आयोजित कार्यक्रममा गरिबी निवारणमा योगदान पुर्याउने इन्टरनेट जायन्ट अलिवावा, तालियन वान्डा ग्रुपलगायतलाई सिले सम्झिए। २०१२ यता चीनले तीस लाख अधिकारीहरुलाई गरिबी निवारणका मोर्चामा गाउँगाउँमा खटाएको थियो। जसमध्ये पाँच लाख अधिकारीहरु चिनियाँ कम्पन्युस्ट पार्टीका गाउँका स्तारका पहिलो सचिवहरु थिए।
बिहीवार आयोजना गरिएको कार्यक्रमलाई चीन भरबाट करोडौं जनसंख्याले परत्यक्ष प्रशारण हेरेका थिए। घोषणा कार्यक्रममा चीनले गरिबी निवारका लागि विश्वका लागि ुचिनियाँ उदाहरणु प्रस्तुत गरेको सिले बताए।
चालिस वर्ष अगाडि चीन खुला अर्थतन्त्रमा प्रवेश गरेसँगै ७७ करोड जनसंख्यालाई गरिबीबाट मुक्त गरेको छ। जुन विश्वको गरिबीको ७० प्रतिशत हो।