Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

फागुन १२ । भरतपुर महानगरपालिका प्रमुख समेत रहेकी नेकपा नेतृ रेणु दाहालले प्रतिनिधि सभा विघटन बदर गर्ने ऐतिहासिक निर्णयका लागि सर्वोच्चका प्रधानन्यायाधीश, न्यायाधीश र कानुन व्यवसायीलाई धन्यवाद दिएकी छिन् ।
बुधबार भरतपुरमा आयोजित विजयी सभामा बोल्दै उनले सर्वोच्चको आदेशपछि सम्पूर्ण लोकतन्त्रवादीहरुको जीत भएको, नेपाली जनता र संविधानको जीत भएको उल्लेख गरिन् । उनले अब आगामी दिनमा जस्तोसुकै तानाशाही आएपनि यस्तो घटना घट्न नसक्ने नजिर स्थापित भएको बताइन् ।
भरतपुरमा केही दिनअघि सोही ठाउँमा काम चलाउन प्रधानमन्त्री ओलीले सभा गर्दै आफूविरुद्ध छुद्र टिप्पणी गरेको उल्लेख गर्दै भनिन्–‘कामचलाउ प्रधानमन्त्रीले यही ठाउँमा आएर अस्ति भनेका थिए, खै तपाईको मेयर कहाँ गयो, पिकनिक खान गयो भनेर अत्यन्तै छुद्र अभिव्यक्ति दिए । आज म उनलाई जवाफ दिन चाहन्छु । भरतपुरको मेयरलाई काम गर्न फुर्सद छैन । ४ वर्ष भयो भरतपुरको काममा व्यस्त भएको मलाई पिकनिक जान फुर्सद छैन । दिनरात जनताको काममा खटिएको छ । कहाँ गएँ म पिकनिक खान रु’
उनले भरतपुर महानगरमा सिटी हलजस्ता राष्ट्रिय गौरवका आयोजना सञ्चालन भइरहेको बताइन् । त्यसका लागि ३ वर्षदेखि निरन्तर दिनरात लागेर धेरै नै सास्ती खपेर काम गरेको बताउदैँ भनिन्– ‘प्रधानमन्त्रीले ती आयोजना रोक्न सक्थे । नसक्ने भएपछि हामीले गरेको काममा आफँै आएर शिलान्याश गरे । केटाकेटीले कसरी शिलान्याश गर्न सक्छ भन्दै हामीले दुःख गरेर गरेको काममा हस्तक्षेप गरे ।’
उनले देशको राष्ट्रप्रमुख भएर पनि आफू लगायत सबैलाई छुद्र टिप्पणी गर्ने, कसैलाई मान्छे नगन्ने मान्छेको स्वेच्छाचारिताको अन्त्य भएको उल्लेख गरिन् । दाहालले नेकपा अब बलियो पार्टी भएर जाने बताउँदै देशको केन्द्र भागमा रहेको चितवन जिल्ला तथा भरतपुरलाई विकासको केन्द्र बनाउने उल्लेख गरिन् । उनले अहिलेसम्म बोलेका कुरा पूरा गरेको बताउँदै आगामी दिनमा पनि आफूले भनेको कुरा पूरा गर्ने बताइन् । उनले लामो लडाई लडेर ल्याएको व्यवस्था जोगाउन सफल भएको बताउँदै थप अधिकारका लागि जुटिरहनका लागि पनि आग्रह गरिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय