Nepali Unicode | Preeti to Unicode
 BREAKING
त्रिवि क्रिकेट मैदानको काम समयमै नसक्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जाना | इच्छाकामना गाउँपालिकाका किसानलाई १७ हजार पाँच सय सुन्तलाका बिरुवा वितरण | लण्डन वेम्बलीमा १२ वर्षपछि इतिहास दोहोर्‍याउँदै नेपथ्य | साउन २ गतेसम्म शिक्षा ऐन पास नभए फेरि आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी | गैरआवासीय नेपाली संघ (NRNA) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि नासिर मियाले क्षेत्रीय सह-कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा | सरकारी सबै सुविधा त्यागका लागि गृह मन्त्रालयमा पूर्वराष्ट्रपतिको पत्र | माछा मार्न जाँदा गोहीको आक्रमणबाट रत्ननगरका युवकको मृत्यु | नारायणी नमुना मावि यस वर्ष पनि उत्कृष्ट, ७ जनाले ल्याए ४ जीपीए | कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही ठाउँमा भारी वर्षाको सम्भावना | Custom Ai Growth: An Entire Information |

फागुन १२ । भरतपुर महानगरपालिका प्रमुख समेत रहेकी नेकपा नेतृ रेणु दाहालले प्रतिनिधि सभा विघटन बदर गर्ने ऐतिहासिक निर्णयका लागि सर्वोच्चका प्रधानन्यायाधीश, न्यायाधीश र कानुन व्यवसायीलाई धन्यवाद दिएकी छिन् ।
बुधबार भरतपुरमा आयोजित विजयी सभामा बोल्दै उनले सर्वोच्चको आदेशपछि सम्पूर्ण लोकतन्त्रवादीहरुको जीत भएको, नेपाली जनता र संविधानको जीत भएको उल्लेख गरिन् । उनले अब आगामी दिनमा जस्तोसुकै तानाशाही आएपनि यस्तो घटना घट्न नसक्ने नजिर स्थापित भएको बताइन् ।
भरतपुरमा केही दिनअघि सोही ठाउँमा काम चलाउन प्रधानमन्त्री ओलीले सभा गर्दै आफूविरुद्ध छुद्र टिप्पणी गरेको उल्लेख गर्दै भनिन्–‘कामचलाउ प्रधानमन्त्रीले यही ठाउँमा आएर अस्ति भनेका थिए, खै तपाईको मेयर कहाँ गयो, पिकनिक खान गयो भनेर अत्यन्तै छुद्र अभिव्यक्ति दिए । आज म उनलाई जवाफ दिन चाहन्छु । भरतपुरको मेयरलाई काम गर्न फुर्सद छैन । ४ वर्ष भयो भरतपुरको काममा व्यस्त भएको मलाई पिकनिक जान फुर्सद छैन । दिनरात जनताको काममा खटिएको छ । कहाँ गएँ म पिकनिक खान रु’
उनले भरतपुर महानगरमा सिटी हलजस्ता राष्ट्रिय गौरवका आयोजना सञ्चालन भइरहेको बताइन् । त्यसका लागि ३ वर्षदेखि निरन्तर दिनरात लागेर धेरै नै सास्ती खपेर काम गरेको बताउदैँ भनिन्– ‘प्रधानमन्त्रीले ती आयोजना रोक्न सक्थे । नसक्ने भएपछि हामीले गरेको काममा आफँै आएर शिलान्याश गरे । केटाकेटीले कसरी शिलान्याश गर्न सक्छ भन्दै हामीले दुःख गरेर गरेको काममा हस्तक्षेप गरे ।’
उनले देशको राष्ट्रप्रमुख भएर पनि आफू लगायत सबैलाई छुद्र टिप्पणी गर्ने, कसैलाई मान्छे नगन्ने मान्छेको स्वेच्छाचारिताको अन्त्य भएको उल्लेख गरिन् । दाहालले नेकपा अब बलियो पार्टी भएर जाने बताउँदै देशको केन्द्र भागमा रहेको चितवन जिल्ला तथा भरतपुरलाई विकासको केन्द्र बनाउने उल्लेख गरिन् । उनले अहिलेसम्म बोलेका कुरा पूरा गरेको बताउँदै आगामी दिनमा पनि आफूले भनेको कुरा पूरा गर्ने बताइन् । उनले लामो लडाई लडेर ल्याएको व्यवस्था जोगाउन सफल भएको बताउँदै थप अधिकारका लागि जुटिरहनका लागि पनि आग्रह गरिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय