Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

फागुन १२ । शुक्रबार नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूह को कर्णाली प्रदेश कमिटीले आयोजना गर्न लागेको आमसभा स्थगित भएको छ । सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको पक्षमा फैसला गरेसँगै आमसभा स्थगित गरिएको हो । सो सभामा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापालगायत सहभागी हुने कार्यक्रम रहेको थियो ।
‘टाइमिङ नमिलेर सभा स्थगित भएको हो,’ नेकपा केन्द्रीय सदस्य तथा जनसभा मूल व्यवस्थापन समितिका संयोजक मोहन माया ढकालले रातोपाटीलाई जानकारी दिइन् । संसदीय दल र स्थायी कमिटीको बैठक बस्नुपर्ने भएकाले ओली व्यस्त हुने हुँदा सभा स्थगित गरिएको उनको भनाइ छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालय भन्दापछिको खुला मैदानमा तय भएको कार्यक्रमलाई सफल बनाउन नेता कार्यकर्ताहरु तयारीमा जुटेका थिए । सोही कार्यक्रममा ५० हजार भन्दा धेरै मान्छे उतार्ने समेत ओली समूहले दावी गर्दै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय