Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

फागुन १२ । शुक्रबार नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूह को कर्णाली प्रदेश कमिटीले आयोजना गर्न लागेको आमसभा स्थगित भएको छ । सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको पक्षमा फैसला गरेसँगै आमसभा स्थगित गरिएको हो । सो सभामा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापालगायत सहभागी हुने कार्यक्रम रहेको थियो ।
‘टाइमिङ नमिलेर सभा स्थगित भएको हो,’ नेकपा केन्द्रीय सदस्य तथा जनसभा मूल व्यवस्थापन समितिका संयोजक मोहन माया ढकालले रातोपाटीलाई जानकारी दिइन् । संसदीय दल र स्थायी कमिटीको बैठक बस्नुपर्ने भएकाले ओली व्यस्त हुने हुँदा सभा स्थगित गरिएको उनको भनाइ छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालय भन्दापछिको खुला मैदानमा तय भएको कार्यक्रमलाई सफल बनाउन नेता कार्यकर्ताहरु तयारीमा जुटेका थिए । सोही कार्यक्रममा ५० हजार भन्दा धेरै मान्छे उतार्ने समेत ओली समूहले दावी गर्दै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय