काठमाडौं, २२ भदौ । प्रतिबन्धित पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्द डाक्टर बनेका छन् । उनले नेपाल मेडिकल काउन्सिलले हालै लिएको परीक्षा उत्तिर्ण गरेका हुन् ।
मेडिकल माफियाविरुद्ध डा. चन्दले संघर्ष र आन्दोलनको नेतृत्व गरेका थिए । चन्दले काउन्सिलको परीक्षा पास गरेपछि उनलाई मान्यता थापाले बधाई र शुभकामना दिएकी छिन् ।