Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

नयाँदिल्ली, २३ भाद्र । बलिउड अभिनेत्री कंगना रनौतमाथि धम्की आएपछि उनलाई वाई प्लसु क्याटगोरीको सुरक्षा दिइएको छ । उनको सुरक्षामा १० सशस्त्र कमाण्डर तैनाथ हुनेछन् ।

सिफ्टका आधारमा २४सै घण्टा उनीहरुले कंगनालाई सुरक्षा दिनेछन् । ९ सेप्टेम्बरमा मुम्बइ जाँदै गरेकी कंगनालाई त्यहाँ पुग्नुभन्दा अघि नै सुरक्षा दिइएको हो । उनलाई मुम्बइ फर्कन नदिने भन्दै धम्की आएपछि सुरक्षाको अपील गरेकी थिइन् ।

कंगनालाई भने मुम्बइ र महाराष्ट्रका मानिसको अपमान गरेको आरोप जनस्तरबाट उठेको छ । केही राजनीतिज्ञ तथा बलिउडकर्मीहरुले पनि उनलाई मुम्बइका मानिसको अपमान गरेको भन्दै गालीगलौज गरेका थिए ।

कंगनालाई केन्द्र सरकारले सुरक्षा दिएको विषयलाई लिएर महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले आश्चर्यजनक र दुखद् भनी टिप्पणी गरेका छन् । उनले भनेका छन् कि, ुजो मान्छे मुम्बइ र महाराष्ट्रको अपमान गर्छ, उसैलाई केन्द्रबाट ुवाईु स्तरको सुरक्षा दिइन्छ । यो आश्चर्यजनक र दुखद हो ।ु

यस कदमबाट केन्द्र सरकारले महाराष्ट्र र मुम्बइको अपमान गरेको पनि व्याख्या गरिएको छ । कंगनाले सुशान्त सिंह राजपुतको मृत्युबारे विवादित अभिव्यक्ति दिन थालेपछि शिवसेनाका नेता सञ्जय राउत र अनिल देशमुखले धम्की दिएका थिए । यो खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय