Nepali Unicode | Preeti to Unicode
 BREAKING
अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू | आजका केही प्रमुख अन्तर्राष्ट्रिय समाचार | बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले, ६ जना मन्त्रीले दिए सामूहिक राजीनामा |

नयाँदिल्ली, २३ भाद्र । बलिउड अभिनेत्री कंगना रनौतमाथि धम्की आएपछि उनलाई वाई प्लसु क्याटगोरीको सुरक्षा दिइएको छ । उनको सुरक्षामा १० सशस्त्र कमाण्डर तैनाथ हुनेछन् ।

सिफ्टका आधारमा २४सै घण्टा उनीहरुले कंगनालाई सुरक्षा दिनेछन् । ९ सेप्टेम्बरमा मुम्बइ जाँदै गरेकी कंगनालाई त्यहाँ पुग्नुभन्दा अघि नै सुरक्षा दिइएको हो । उनलाई मुम्बइ फर्कन नदिने भन्दै धम्की आएपछि सुरक्षाको अपील गरेकी थिइन् ।

कंगनालाई भने मुम्बइ र महाराष्ट्रका मानिसको अपमान गरेको आरोप जनस्तरबाट उठेको छ । केही राजनीतिज्ञ तथा बलिउडकर्मीहरुले पनि उनलाई मुम्बइका मानिसको अपमान गरेको भन्दै गालीगलौज गरेका थिए ।

कंगनालाई केन्द्र सरकारले सुरक्षा दिएको विषयलाई लिएर महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले आश्चर्यजनक र दुखद् भनी टिप्पणी गरेका छन् । उनले भनेका छन् कि, ुजो मान्छे मुम्बइ र महाराष्ट्रको अपमान गर्छ, उसैलाई केन्द्रबाट ुवाईु स्तरको सुरक्षा दिइन्छ । यो आश्चर्यजनक र दुखद हो ।ु

यस कदमबाट केन्द्र सरकारले महाराष्ट्र र मुम्बइको अपमान गरेको पनि व्याख्या गरिएको छ । कंगनाले सुशान्त सिंह राजपुतको मृत्युबारे विवादित अभिव्यक्ति दिन थालेपछि शिवसेनाका नेता सञ्जय राउत र अनिल देशमुखले धम्की दिएका थिए । यो खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय