Nepali Unicode | Preeti to Unicode

नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले वीरगंजमा सोमवार थप एकजना कोरोना भाइरस संक्रमितको उपचारको क्रममा मृत्यु भएको जानकारी गराएका छन् ।सोमवार दिउँसो १ बजे वीरगंज हेल्थकेयर कोभिड अस्पताल वीरगंज महानगर–३० लालपर्साका ५४ वर्षीय पुरुषको मृत्यु भएको डा चौरसियाले बताए ।

श्वासप्रश्वासमा समस्या भएपछि उनलाई भदौ १५ गते नारायणी अस्पतालमा भर्ना गरिएको र कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारको लागि वीरगंज हेल्थकेयर कोभिड अस्पतालमा पठाइएको थियो । उच्च रक्तचाप, दम, मिर्गौला र मधुमेहबाट ग्रसित पुरुषको उपचारको क्रममा मृत्यु भएको डा चौरसियाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर