Nepali Unicode | Preeti to Unicode
 BREAKING
चितवनमा युवकमाथि निर्घात कुटपिट गर्ने असई निलम्बनमा | सुन्तलाको मूल्य वृद्धि हुँदा किसान उत्साहित | पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग देउवाले लिए कार्यप्रगतिबारे जानकारी | पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त आज | चार्जिङ स्टेसनमा लगानी बढाउनुपर्छ: कुलमान घिसिङ | तीन रेमिट्यान्स कम्पनीको इजाजत खारेज | भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त | संविधान संशोधनका लागि केही दिनभित्रै कांग्रेस-एमालेको संयन्त्र बन्छ : महामन्त्री थापा | यू–१९ एक दिवसीय सिरिज: हङकङसामू नेपालको चुनौतीपूर्ण लक्ष्य | कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै |

अभिनेत्री कंगना रनौतले त बलिउडका अधिकांश कलाकार लागूऔषधको दुव्र्यसनी भएको आरोप लगाएकी छन् । उनले थुप्रै कलाकारलाई आफ्नो रगतमा लागूऔषध परीक्षण गरेर सुधारगृहमा जान पनि सुझाव दिएकी छन् ।

कंगनाबाट यस्तो आरोप लागेपछि आफूहरूले लागूऔषध लिने गरेको कुरा झुटो भएको प्रतिक्रिया केही कलाकारले दिएका छन् । पछिल्लो समय आत्महत्या गरेका बलिउड अभिनेता सुशान्तसिंह राजपूत पनि लागूऔषधको दुव्र्यसनी भएको खुलेपछि अभिनेत्री कंगना अहिले लागूऔषधबाट कलाकारलाई जोगाउने अभियानमा लागेकी छन् ।

यसै प्रसंगमा अभिनेत्री कंगनाले आफ्नो ट्वीटरमा लेख्दै विभिन्न अभिनेतालाई रगत दिएर लागूऔषध परीक्षण गर्न यस्तो सुझाव दिएकी छन्, ‘म रणवीर सिंह, रणवीर कपुर, अयान मुखर्जी, विकी कौशललगायतलाई ड्रग टेस्ट गर्नका लागि आफ्नो रगतको नमूना दिन अनुरोध गरूर्दछु । उनीह कोकिनको नसा गर्छन् भन्ने बजारमा हल्ला छ,’ उनले अगाडि लेखेकी छन्, ‘म चाहन्छु कि यस्तो हल्लाको भण्डाफोर होस् । यी कलाकारले यसो गरेमा लाखौं मानिसलाई उनीहरूले अझ प्रेरित गर्न सक्नेछन् ।’

यसरी बजारमा लागेको आरोपलाई परीक्षण गरेर आफूहरू लागूऔषधको सेवनकर्ता नरहेको पुष्टि गरिदिन कंगनाले अनुरोध गरेकी हुन् ।

अभिनेत्री कंगनाले त बलिउडमा ९९ प्रतिशत सुपरस्टार तथा हाई प्रोफायलहरू लागूऔषधको सेवनमा रहने गरेको बताएकी छन् । बलिउडका पार्टीहरूमा स्टार कलाकार र उनीहरूका साथीबीच लागूऔषधको खुलेर सेवन हुने गरेको पनि यी अभिनेत्रीले दाबी गरेकी छन् । उनीहरूले सस्तो नभएर निकै महँगो पर्ने लागूऔषध यस्तो पार्टीमा लिने गरेको पनि कंगनाले बताएकी छन् । एक टेलिभिजनमा अन्तर्वार्ता दिनेक्रममा कंगनाले यस्तो आरोप लगाएकी हुन् ।

यी अभिनेत्रीलाई आफू नयाँ हुँदा चिसो पेय पदार्थमा लागूऔषध मिसाएर खुवाउने कोसिस गरिएको बताएकी छन् । त्यतिबेला आफूले प्रहरीमा उजुरी दिने बताएपछि त्यस्तो कार्य फेरि नगरिएको कंगनाको कथन छ । बलिउडमा आफू स्थापित भएपछि फिल्म पार्टीहरूमा जाँदा लागूऔषध सेवन, डेब्युचरी, माफियाहरूसँगको डरलाग्दो संगत सिनेकर्मीहरूको आफूले देखेको पनि कंगनाले दाबी गरेकी छन् । लागूऔषध दुव्र्यसनी अहिले नरोके भोलि सुशान्तसिंहको बाटो अरू जोकोहीले पनि रोज्न सक्ने यी अभिनेत्रीको भनाइ रहेको खबर आजको राजधानी दैनिकले प्रकाशन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय