१९९४ मा मिस युनिवर्सको ताज हात पारेकी थिइन् । सुष्मिता सिगंल अभिभावक हुन् । २४ वर्षको उमेरमा छोरी रेने लाई गोदमा लिएकी थिइन् । सानो उमेरमा बच्चा गोद लिदाँ सबैजना आश्चर्य चकित परेका थिए । कसैले विश्वासै गर्न सकेका थिएनन् । तर उनले आफुमाथि विश्वास राखेर छोरी रेनेलाई मायाको साथै दुनियाको सबै खुशी दिएकी छिन् ।
उनले पछि एक छोरी पनि गोदमा लिइन् । उनले कहिल्यै पनि आफ्नो प्रेम जीवनबारे लुकाउने कोशिश खोजिनन् । सधै आफ्नो प्रेम जीवनको विषयमा खुला भइन् । उनले रोहमन शोलसँग डेट सुरु गर्दा पनि कुनै कुरा लुकाइनन् । सधै खुला किताब भइरहिन् । पछि उनी भन्दा उनका प्रेमी १५ वर्ष कान्छा भएको खबर बाहिर आएको थियो ।