
आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा २६ भाद्रका लागि स्थायी कमिटी बैठक बोलाउने सहमति भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार दुई अध्यक्षबीच १३ साउनमा स्थगित स्थायी कमिटी बैठक २६ भाद्रमा बोलाउने सहमति भएको हो । स्थायी कमिटी बैठकमा पार्टी विवाद समाधानका लागि गठित कार्यदलको सुझावबारे छलफल हुने बुझिएको छ । सहमतिको खाकालाई पारित गरी शक्तिबाँडफाँडको टुंगो लगाइनेछ ।