Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

फागुन ७। नेकपा प्रचण्ड–माधव पक्षले केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित पार्टी कार्यालय पेरिसडाँडामा बोलाएको छ । केन्द्रीय सदस्य हिमाल शर्माका अनुसार सवै सदस्यहरुलाई नागरिकताको प्रमाणपत्रसहित शुक्रबार १२ बजेभित्र पार्टी कार्यालय पेरिसडाँडामा उपस्थित हुन भनिएको हो ।
नेकपाका अर्का नेता कृष्णभक्त पोखरेलले निर्वाचन आयोगले पार्टीका बहुमत सदस्य रहेको प्रचण्ड–माधव पक्षलाई आधिकारिकता दिन आनाकानी गरेपछि बहुमत केन्द्रीय सदस्यहरु नागरिकतासहित स–शरीर पार्टी मुख्यालय बोलाइएको जानकारी दिए ।
‘पार्टी हामीले बनाएको हो । संविधान हामीले बनाएको हो । त्यो संविधान र कानुन अनुसार निर्णय गर्न निर्वाचन आयोगले आनाकानी गरेको छ । सायद यसै विषयमा छलफल गर्न बोलाइएको हुनसक्छ,’ पोखरेलले भने, ‘यसअघि पनि हामी आयोगमा पुगेर प्रमाणसमेत पेश गरेका छौँ ।’
शुक्रबार दिउँसो १२ बजेसम्म सबै केन्द्रीय सदस्य पार्टी कार्यालयमा जम्मा हुन भनिएको पोखरेलको भनाइ छ ।
यसअघि प्रचण्ड माधव पक्षले २८७ केन्द्रीय सदस्यको नाम आयोगमा बुझाएको थियो । तर त्यसमा आयोगले बेवास्ता गरेको प्रचण्ड माधव पक्षका नेताहरुको भनाइ छ । पार्टी विभाजन हुनु अघिको केन्द्रीय कमिटी संख्या ४४१ केन्द्रीय सदस्यमध्ये ३१५ बढी आफ्नो पक्षमा रहेको बताउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय