Nepali Unicode | Preeti to Unicode

काठमाडौं, २१ भदौ । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी)ले नेपालमै सबैभन्दा सस्तो दरमा कोरोना भाइरस परीक्षण गर्ने भएको छ । नेपाल सरकारले तोकेको भन्दा १ हजार ९०१ रुपैयाँ कम शुल्कमै केएमसीले पीसीआर परीक्षण गर्ने भएको हो ।

सरकारले पीसीआर परीक्षण शुल्क ४४ सय तोकेको छ । तर, केएमसीले भने एकै पटकमा २० वटा स्वाब परीक्षण गराउने संघसस्थालाई २ हजार ४९९ र सर्वसाधरणका लागि २ हजार ५९९ मै पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाएको छ ।

केएमसीका अध्यक्ष डा.सुनिल शर्माका अनुसार यो शुल्क सोमबारबाट लागू हुनेछ । उनले भने, ‘अहिले देशभर नै कोरोना संक्रमण बढिरहेको छ । सरकारले पनि मागअनुसार परीक्षणको दायरा बढाउन सकिरहेको छैन । कोरोनाको महामारी फैलिरहेको अवस्थामा न्यून शुल्कमा पीसीआर परीक्षण गरेर सहयोग पु¥याउन खोजेका हौं ।’

केएमसीले १ साउनबाट पीसीआर परीक्षण थालेको हो । त्यसयता हालसम्म करिब १ हजार २ सय जनाको पीसीआर परीक्षण गरिसकेको छ ।

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालकसमेत रहेका डा.सुनिल शर्माले १५ भदौबाट केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेका हुन् । त्यसयता एक साता नबित्दै डा.शर्माले केएमसीमा ओपीडी निःशुल्क गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय