Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

६ फागुन। नेपाल कम्युनिस्ट पार्टी नेकपा का केन्द्रीय सदस्य एवंम् सर्लाही इन्चार्ज डाचाराज वाग्लेको बिहीबार श्रद्धाञ्जली सभाको आयोजना हुँदैछ ।
दिउँसो हररिपुर नगरपालिका(१ हजार बिगाहामा आयोजना हुने श्रद्वाञ्जली सभालाई सम्बोधन गर्न पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल आउँदैछन् ।
वाग्लेको तेह्रौ दिनको तिथिको अवसर पारेर श्रद्वाञ्जली सभाको आयोजना गरिँदैछ । श्रद्वाञ्जली सभाको आयोजना हुने दिनलाई मध्यनजर गर्दै सर्लाहीका तीनवटा स्थानीय तहले बिहीबार सार्वजनिक बिदा दिएको छ । जिल्लाको हरिपुर, बागमती र बरहथवा नगरपालिकाले सार्वजनिक बिदा दिएको हो ।
स्व। वाग्लेले जिल्लाका लागि पुर्‍याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिएको नगरपालिकाका प्रमुखहरुले बताएका छन् ।
बिदा दिने बरहथवा र बागमतीका प्रमुख तत्कालीन माओवादीबाट जितेका हुन् भने हरिपुरका प्रमुख माधवकुमार नेपाल निकटका हुन् ।
हरिपुर नगरपालिका घर भएका वाग्ले गत माघ २१ गते राति बरहथवा नगरपालिका ९ स्थित नयाँरोड(बरहथवा सडकखण्ड अन्तर्गत मूर्तिया जंगलमा मृत फेला परेका थिए ।
उक्त दिन पार्टीले बरहथवामा आयोजना गरेको मसाल जुलुसको नेतृत्व गरी मोटरसाइकलमा फर्कँदै गर्दा ९ बजे वाग्ले मृत अवस्थामा फेला परेपछि नेकपाका नेताहरुले घटनाको छानबिनको माग गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय