Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

फागुन ६ । गत फेब्रुअरी ९ तारिखका दिन चितवन खैरेनीका ३४ वर्षीय बालकृष्ण बोट साउदी अरबको रियादका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडे । वैदेशिक रोजगारीका लागि रियाद उड्दै गरेका बोटको हातमा फ्लाइ दुबईको काठमाडौं दुबई, दुबई–रियाद टिकट थियो ।

बोट एक वर्षपछि रियाद फर्कदै थिए । ८ वर्षसम्म वैदेशिक रोजगारीकै शिलशिलामा साउदीको रियाद बसेका उनी गत वर्ष मात्र नेपाल आएका थिए । तीन महिनाको छुट्टि लिएर नेपाल आएका बोट घर फर्किदा नफर्किदै कोभिड–१९ को विश्व महामारी फैलियो । जसका कारण लगभग एक वर्ष जति उनी यतै रोकिन पुगे ।
क्यान्सिल भएको भिसा,टिकट जसोतसो मिलाएर एक वर्षपछि बोट पुनः रियाद फर्किदै थिए । तर,जब उनी उडेको फ्लाइ दुबईको विमानस्थलमा उत्रियो तब उनी अवाक भए ।
बुधबार राति ११ः३५ बजे साउदीका लागि भनेर काठमाडौंबाट उडेको फ्लाइट त्यसको लगभग साढे तीन घण्टापछि दुबई विमान उत्रिएको थियो । जब जहाज विमानस्थलमा ल्याण्ड भयो तब एयर होस्टले यात्रा समाप्त भएको घोषणा गरिन् । साउदीका लागि सोही प्लेनको टिकट काटेका बोट चकित भए । त्यसो त उनी मात्र होइन उनीसँगै गएका अर्का नेपाली यात्रु समेत चकित भए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय