Nepali Unicode | Preeti to Unicode
 BREAKING
त्रिवि क्रिकेट मैदानको काम समयमै नसक्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जाना | इच्छाकामना गाउँपालिकाका किसानलाई १७ हजार पाँच सय सुन्तलाका बिरुवा वितरण | लण्डन वेम्बलीमा १२ वर्षपछि इतिहास दोहोर्‍याउँदै नेपथ्य | साउन २ गतेसम्म शिक्षा ऐन पास नभए फेरि आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी | गैरआवासीय नेपाली संघ (NRNA) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि नासिर मियाले क्षेत्रीय सह-कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा | सरकारी सबै सुविधा त्यागका लागि गृह मन्त्रालयमा पूर्वराष्ट्रपतिको पत्र | माछा मार्न जाँदा गोहीको आक्रमणबाट रत्ननगरका युवकको मृत्यु | नारायणी नमुना मावि यस वर्ष पनि उत्कृष्ट, ७ जनाले ल्याए ४ जीपीए | कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही ठाउँमा भारी वर्षाको सम्भावना | Custom Ai Growth: An Entire Information |

संघीयता सफल पार्न निजामती सेवाको अर्थपूर्ण भूमिका : मुख्यमन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हरेक प्रशासनिक क्षेत्रको सञ्चालन गर्ने भएकाले निजामती सेवा देशको मेरुदण्ड रहेको बताएका छन् ।

निजामती सेवा दिवस २०७७ का अवसरमा आज (सोमबार) एक शुभकामना सन्देश जारी गर्दै उनले सम्पूर्ण निजामती कर्मचारीमा हार्दिक बधाई तथा सुस्वास्थ्य, समृद्धि, उत्तरोत्तर प्रगति एवं पेशागत मर्यादा अभिवृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।

राज्यको नीति, योजना र कानुनको सफल कार्यान्वयन गराउन महत्त्वपूर्ण भूमिका निजामती सेवाले निर्वाह गर्दै आएको हुँदा संघीयतालाई सफल पार्न तथा सरकारले लिएको ‘समृद्ध नेपाली, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्नमा समेत यस क्षेत्रको भूमिका अर्थपूर्ण रहेको मुख्यमन्त्रीले उल्लेख गरेका छन् ।

जनताको आकांक्षाबमोजिम सुशासन र विकासको लक्ष्य हासिल गर्न दृढ राजनीतिक इच्छाशक्ति भएको राजनीतिक नेतृत्व र पारदर्शी, जवाफदेही, परिणाममुखी र सूचना प्रविधिको अधिकतम प्रयोग गर्न सक्षम प्रशासन अपरिहार्य रहेकामा समेत उनले जोड दिए । -रासस

ad
ad
प्रतिकृया दिनुहोस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय