
फागुन ५ । नेकपा प्रचण्ड–माधव पक्षले प्रतिनिधि सभा विघटन विरुद्ध चौथो चरणको आन्दोलन अन्तर्गत बुधबारबाट देशैभर विरोध प्रदर्शन र सभा गर्ने भएको छ ।
चौथो चरणको आन्दोलन अन्तर्गत फागुन ५ देखि १२ गतेसम्म प्रदेश कमिटीको योजनामा सवै जिल्लामा जिल्लास्तरीय विरोध प्रदर्शन र सभा हुने केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले जानकारी दिए ।
संघर्ष समितिका सचिव डा। विजय पौडेलले प्रदर्शन र सभाको नेतृत्व जिल्लास्तरीय नेताहरुले गर्नेछन् ।
नेकपा प्रचण्ड माधव पक्षले गत आइतबार चौथो चरणको आन्दोलन घोषणा गर्दै फागुन ५ गते देखि १२ गतेसम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लाहरूमा जिल्ला स्तरीयविरोध प्रदर्शन, सभा लगायतको विरोध कार्यक्रम गर्ने जनाएको थियो ।