Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

एक खेल अगावै अष्ट्रेलियाविरुद्धको तीन खेलको टी–ट्वान्टी श्रृंखला इंग्ल्याण्डले जितेको छ ।

आइतबार राति भएको दोस्रो खेलमा अष्ट्रेलियालाई ६ विकेटले हराउँदै इंग्ल्याण्डले एक खेल अगाडि नै सिरिज २–० ले जितेको हो । यसअघि पहिलो खेलमा इंग्ल्याण्डले अष्ट्रेलियामाथि २ रनको जित निकालेको थियो ।

गए राति साउथह्याम्पटनमा अष्ट्रेलियाले दिएको १५८ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले १८.५ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गरेको थियो ।

इंग्ल्याण्डका लागि जोस बट्लरले अविजित रहँदै ७७ रन जोडे । यस्तै डाविड मालनले ४२ रन बनाउँदा मोइन अली १३ रनमा जोडे ।

अष्ट्रेलियाका एस्टन अगरले २ विकेट लिए भने मिचेल स्टार्क र एडम जाम्पाले समान १–१ विकेट झारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले निर्धारित २० ओभर खेल्दा ७ विकेटको क्षतिमा १५७ रन बनाएको थियो । उसका लागि आरोन फिन्चले ४० रन बनाउँदा मार्कुस स्टोनिसले ३५ रन बनाए ।

इंग्ल्याण्डका क्रिस जोर्डनले २ विकेट लिँदा जोफ्रा आर्चर, मार्क उड र आदिल राशिदले समान एक–एक विकेट लिए ।

अब दुई टोलीबीचको तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय