Nepali Unicode | Preeti to Unicode
 BREAKING
लखन थापा साँस्कृतिक संग्राहलय निर्माणका लागि मगर संघ कुवेतद्वारा २ लाख ५१ हजार आर्थिक सहयोग | जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते | म्याग्दी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री सभापतिमा निर्वाचित | चीनको सुन, भारतीय बजार, नेपाल ट्रान्जिट | १० देशबाट भित्रियो ४० करोड बराबरको रङ | प्रचण्डको फोटो जलाउने राप्रपाका नेता छुटाउन पुगे माओवादी नेताहरू | नेपाल प्रहरीको नयाँ आईजीमा दीपक थापा नियुक्त हुँदै | टहराभित्र टिपर छिर्दा सुतिरहेका तीन जनाको मृत्यु | ओडिसा घटनाबारे परराष्ट्रमन्त्री डा. राणा र भारतीय मन्त्रीबीच फोनवार्ता | कर्मचारी कुटपिट प्रकरण : वडाध्यक्षको आत्मालोचना र माफीपछि सहमति |

धरान डेरा गरि बस्ने दन्त रोग विशेषज्ञ डा.सन्दीपकुमार साह लागूऔषध सहित हिजो विराटनगरबाट पक्राउ परेका छन् ।
लागूऔषध लिएर आउँदै गर्दा विराटनगर महानगरपालिका–१७ स्थित एकीकृत भन्सार जाँच चौकी (आईसीपी )बाट धनुषाको जनकपुर उपमहानगरपालिका–११ घर भएका उनी पक्राउ परेका हुन् ।


आईसीपीको बाटो हुँदै भारतबाट को ९ प ८५३७ नम्बरको मोटरसाइकलमा आउँदै गरेका साहलाई विराटनगर भन्सारको सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्दा लागुऔषध फेला परेको थियो ।
सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले मोटरसाइकलको लेगार्डमा झुन्ड्याइएको प्लाष्टिकको झोलामा लागुऔषध स्पास्मोप्रोक्सिभन २० ट्याब्लेट, नाइट्राजेपाम २० ट्याब्लेट र डाइलेक्स डीसी नौ बोतल फेला परेको बताए । साह नेपाल आउन प्रतिबन्ध लगाइएको आईसीपीको बाटो हुँदै जबरजस्ती छिर्ने प्रयास गरेपछि सशस्त्रको फन्दामा परेका हुन्।
३३ बर्षिय साहलाई लागुऔषध ऐन अन्तर्गत मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय