Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

२ फागुन । केरुङ नाकाबाट आयात(निर्यात सहज तुल्याउन नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ ।
केरुङ नाकाबाट दैनिक पाँच कन्टेनरले मात्र प्रवेश पाउँदा १५ सय बढी कन्टेनर सीमामा अलपत्र स्थितिमा पर्नु दुःखद भएको भन्दै कांग्रेसले आयात(सहज बनाउने पहल गर्न सरकारसँग माग गरेको हो ।
कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले आज विज्ञप्ति जारी गर्दै व्यवसायी मर्कामा परेको र राजश्व संकलनमा पनि असर परेको भन्दै चिनियाँ पक्षसँग यथाशीघ्र संवाद गरेर समस्याको समाधान खोज्न सरकारसँग माग गरेका हुन् ।
चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिएलगत्तै अन्तर्राष्ट्रिय सीमा नाकाहरुमा प्रवेशमा कडाइ र आवागमन बन्द गर्ने क्रममा सरकारले केरुङ नाका पनि बन्द गरेको थियो ।
२०७६ माघ १५ देखि असार २७ सम्म पूर्णरुपले बन्द भएको सामान ढुवानी त्यसपछि आंशिक खुला गरिएको थियो । अहिले स्थिति सहज बने पनि थोरै संख्यामा मात्र कन्टेरलाई प्रवेश दिइँदा व्यवसायी मर्कामा परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय