Nepali Unicode | Preeti to Unicode

काठमाडौं, २२ भाद्र । कृषि सामग्री कम्पनीले समयमा युरिया मल उपलब्ध नगराउने शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपल प्रालिको धरौटी जफत गरेको छ। दुवै कम्पनीको धरौटी ९ करोड रुपैयाँभन्दा बढी हुन आउँछ। कृषि सामग्रीको आइतबार बसेको बैठकले ती कम्पनीसँगका मल आयात सम्झौतासमेत रद्द गरेको छ। यस्तै दुवैलाई कालोसूचीमा राख्ने तयारी गरिएको छ।

‘निर्धारित समयमा मल ल्याउन नसकेपछि उनीहरूको मागमा सिपमेन्टको म्याद २५ दिन थप गरिएको थियो’, कृषि सामग्रीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले भने, ‘तर, म्याद थप गरिएपछि भदौ २० गतेसम्म पनि मल नल्याएकाले ती दुवै कम्पनीसँग सम्झौता रद्दका साथै धरौटी जफत गर्ने निर्णय गरेका छौं।’

कृषि सामग्रीले शैलुङसँग गत वैशाख १२ र २४ अप्रिल मा २५ हजार टन आयातको सम्झौता गरेको थियो। यसबाहेक असार १८ जुलाई २० मा थप २५ हजार र साउन ४ जुलाई १९ मा ३० टन मल आयात गर्ने सम्झौता गरिएको थियो। होनिकोसँग गत वैशाख १५ मा २५ हजार टन आयातको सम्झौता गरिएको खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर