Nepali Unicode | Preeti to Unicode
 BREAKING
गोठाटार गोलीकाण्ड : लाल मोहम्मदको हत्यामा संलग्न ३ जना पक्राउ | सिट बाँडफाँडमा कार्यदल विभाजित, फेरि शीर्ष नेताकै जिम्मामा | एमालेमा १३५ सिटका उम्मेदवार टुंगिए | युक्रेनको १५ प्रतिशत भूभाग रुसमा गाभेर घोषणा गर्दै पुटिन | पार्टीभित्र ठूलो शुद्धिकरणको अभियान चलाउनुपर्ने :महामन्त्री गगनकुमार थापा | राजनीतिमा भ्रष्टाचार गर्ने प्रवृत्ति बढ्दो : नेपाल | हर्क साम्पाङले कार्यपालिका सदस्यलाई ‘बाहिर जान’ भनेपछि बैठक बहिष्कार | सत्ता स्वार्थले प्रेरित गठबन्धन हुनु देशका लागि दुर्भाग्य :पूर्वराजा ज्ञानेन्द्र शाह | बालेनले भने – चाडपर्वको नाममा फुटपाथमा व्यापार गरे कारवाही हुन्छ | शेखरका मागप्रति देउवा लचिलो, छलफल निर्णायक |

इलाम,२१ भदौ । पहिलोपटक अन्तर्राष्ट्रिय इलामेली भर्चुअल साहित्यिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रियस्तरको यस कार्यक्रममा नेपाललगायत भारत, अमेरिका, क्यानडा, हङकङ, दुबई, कोरिया, बेल्जियम आदि देशहरुमा रहेका चार दर्जन बढी इलामेली स्रष्टाहरुले हिजो २०७७ भदौ २० गते भर्चुअल प्रविधिमार्फत कविता वाचन गरेका थिए ।

विश्वका विभिन्न देशहरुमा रहेका इलामेली समाजहरुको संयुक्त आयोजनामा सम्पन्न सो कार्यक्रमको संयोजन इलाम विकास समाज काठमाडौंले गरेको थियो । कार्यक्रममा इलाम विकास समाजका अध्यक्ष राधेश्याम लेकालीले कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पार्दै समाजको आगामी कार्यक्रमबारे जानकारी गराएका थिए ।

कार्यक्रममा इलाम समाज प्रदेश न। १ का अध्यक्ष कृष्ण शाहले धन्यवाद ज्ञापन गर्दै ग्लोबल मिट कार्यक्रमबारे बताएका थिए । यसैगरी सोही समाजका सचिव अर्जुन भट्टराई र सदस्य पुष्पा खनालले कार्यक्रम संचालन गरेका थिए ।

कार्यक्रममा धरणीप्रसाद गौतम, डम्बर पहाडी, प्राज्ञ नन्दु उप्रेती, दीपक गौतम, देवी पन्थी, गणेश पराजुली, विजेन्द्र गुरुङ, प्रकाश थाम्सुवाङ, डा। चूडामणि खनाल, रविन्द्र भट्टराई, ईश्वर श्रेष्ठ, टिका आत्रेय, सचित राई, द्रोण पराजुली, गङ्गा बस्नेत, शोभा घिमिरे, बालकुमारी घिमिरे, डा. सन्जिव सापकोटा, सागर सुवेदी, अशोक वान्तवा, सुलोचना कर्माचार्य, सागर सुवेदी, मुकुल कायस्त, प्रेमसागर चापागाईं, यादवप्रसाद अधिकारी, शकुन्तला भूषाल, आदिले आआफ्नो रचना वाचन गरेका थिए ।

कार्यक्रममा समाज कल्याण परिषदका कोषाध्यक्ष लोकनाथ सुवेदी, मोहनभक्त राजलवट, प्रदीप घिमिरे, वसन्त खान, वसन्त वान्तवा, रविन लामा, जानकी प्रधान, अन्जना दुवे, जनक सिह, मोहन सुवेदी, गङगाप्रसाद श्रेष्ठ, तिलोत्तमा खत्री, यशोदा कायस्त, जितेन्द्र बस्नेत, सकुन खत्री आदिको उपस्थिति रहेको थियो भने कार्यक्रम ३ घन्टा बढी चलेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय