Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

माघ २८। नेकपा प्रचण्ड–माधव पक्षको विरोध प्रदर्शनका कारण आज काठमाडौ केही स्थानमा सवारी आवगमन प्रभावित हुने भएको छ । खासगरी रिङरोडभित्र सार्वजनिक गाडी प्रभावित हुने ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन् ।

उनका अनुसार रिङरोडभित्र जुलुसमा सहभागी हुने गाडी भने प्रवेश गर्न पाउनेछन् । सभागृह अगाडी मुख्य सडकमा मञ्च बनेकाले घण्टाघर, पुरानोबसपार्कबाट सिंहदरबार आउने मुलबाटो बन्द गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
११ बजेबाट माइतीघर, लैनचौर, त्रिपुरेश्वर, टेकु, केशरमहल लगायतका ठाउँबाट जुलुस निस्कने हुनाले ति क्षेत्रसहित काठमाडौंको भित्री एरियामा ट्राफिक व्यवस्थापनमा केही असर पर्नेछ । ‘भित्री एरिया ठप्प भएपछि बाहिर पनि असर पर्छ’, प्रवक्ता अधिकारीको भनाइ छ ।
विरोध प्रदर्शनलाई मध्यनजगर गर्दै १० बजेअघि नै ठूला गाडी चक्रपथ भित्र प्रवेशमा रोक लगाएको ट्राफिक प्रहरीले जनाएको छ । कार्यक्रम हुने प्रभावित क्षेत्रमा गाडी डाइभर्ट गर्ने तथा जुलुसमा जाने सर्वसाधारण बोकेर आएका गाडीलाई कार्यक्रम स्थलबाट केही किलोमिटर पर रोकेर मानिस मात्रै पठाउने तयारी गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय