Nepali Unicode | Preeti to Unicode
 BREAKING
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित | प्रधानमन्त्रीबाट क्रिकेट टीमलाई जितको शुभकामना- विश्वले नेपाली धुन सुन्ने विश्वास | जङ्गलमा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला | खोला किनारमा चितुवा मृत फेला | ‘पर्यटकीय सहर, समुन्नत रत्ननगर’को सङ्कल्पसहित रत्ननगर नगरपालिकाको २९औँ स्थापना दिवस मनाइयो | गृहमैदानमा चुक्यो नेपाल, स्कटल्यान्डसँग पराजित भएसँगै विश्वकप यात्रा टुंगियो | "बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” | मुलुकभर उत्साहजनक रूपमा मनोनयनपत्र दर्ता, ३४९४ जनाको उम्मेदवारी | कांग्रेसले कुन-कुन क्षेत्रमा टुङ्ग्यायाे उम्मेदवार ? (सूचीसहित) | एमालेले टुंग्यायो उम्मेदवार, कुन नेता कहाँबाट ? |

माघ २७ । सर्वोच्च अदालतको आज बसेको आकस्मिक पूर्ण बैठकले पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधनप्रति दुःख व्यक्त गरेको छ ।
प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका न्यायाधीशको आज बसेको पूर्ण बैठकले पाण्डेको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश पाण्डेको ८७ वर्षको उमेरमा सोमबार निधन भएको थियो । पाल्पाको तानसेन, धरमपानीमा १९९० फागुन ९ गते जन्मिएका पाण्डे २०५१ माघ १० गतेदेखि सर्वोच्च अदालतको अस्थायी न्यायाधीशमा नियुक्त भएका थिए । उनी २०५२ चैत ७ गते स्थायीमा नियुक्त भएका थिए । उनी २०५५ फागुन ८ गते उमेरहदका कारण अवकाश भई सेवा निवृत्त भएका थिए ।
पाण्डे अन्तर्राष्ट्रिय देवानी र फौजदारी कानुनका क्षेत्रमा विशेष दखल राख्ने एक निर्भिक, अत्यन्त मिलनसार, मृदुभाषी र न्यायको ज्ञाता थिए । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय