Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
उधारोमा बन्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला
Nepali Unicode | Preeti to Unicode
 BREAKING
एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी | स्तब्ध र समस्याग्रस्त युवा पुस्ता | गणतन्त्र पक्षधर दलहरुको निष्कर्ष : व्यवस्थाप्रति एकमत छौं |

माघ २७ । चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अर्थाभावमा उधारोमा सामान खरिद गरी निर्माण जारी राखिएको छ । हालसम्म नौ करोड २५ लाख रुपैयाँ उधारोको बिल पेस भए पनि निर्माण भने रोकिएको छैन ।
रंगशाला निर्माणका लागि गत वर्ष गरिएको महायज्ञको बोलकबोलको रकमसमेत उठ्न नसक्दा उधारोमा काम गर्नुपरेको हो । रंगशाला निर्माण गरिरहेको धुर्मस–सुन्तली फाउन्डेसनका लेखा प्रमुख मुक्ति तिमिल्सिनाका अनुसार हालसम्म ४१ करोड ८८ लाख चार हजार ९३६ रुपैयाँ खर्च भइसकेको छ । सोमध्ये सोमबारसम्म प्राप्त बिलअनुसार नौ करोड २५ लाख रुपैयाँ भुक्तान गर्न बाँकी छ ।
हरेक महिनाको अन्त्यमा निर्माण सामग्री र रेडिमिक्सको बिल आउने भएकाले माघ मसान्तसम्म उधारो थपिने उनको भनाइ छ । उनका अनुसार माघ मसान्तसम्म १० करोड रुपैयाँभन्दा बढी उधारो हुनेछ । हालसम्म रंगशाला निर्माणका लागि ३१ करोड ८३ लाख ८३ हजार रुपैयाँ आम्दानी भएको छ । सबैभन्दा बढी भरतपुर महानगरपालिकाले आठ करोड, वाग्मती प्रदेश सरकारले तीन करोड रुपैयाँ सहयोग गरेका छन् ।
महायज्ञमा बोलकबोल ६९ करोड ४५ लाख ५६ हजार रुपैयाँ भएकामा जम्मा नौ करोड ११ लाख ६५ हजार रुपैयाँ मात्रै प्राप्त भएको तिमिल्सिनाले जानकारी दिए । महायज्ञमा एक करोड रुपैयाँभन्दा बढी आठवटा संस्थाले कबोल गरेका थिए । वाग्मती प्रदेश सरकारले ३० करोड, भरतपुर महानगरपालिकाले १६ करोड ७५ लाख, जिल्ला समन्वय समिति चितवनले दुई करोड २२ लाख, वामदेव गौलीले एक करोड १२ लाख रुपैयाँ बराबरको जग्गा, नेपाल एलपी ग्यास उद्योगले एक करोड, गैँडाकोट नगरपालिकाले एक करोड रुपैयाँ बराबरको काठ, नेपाल पोल्ट्री महासंघले एक करोड र ग्लोबल आईएमई बैंकले एक करोड रुपैयाँ बोलकबोल गरेका थिए । ग्लोबल आईएमई बैंकले पूरै र पोल्ट्री महासंघले ३० लाखबाहेक अन्यले कबोलको रकम भुक्तान नगरेको तिमिल्सिनाले जानकारी दिए ।
महायज्ञ आयोजक समितिका महासचिव दिनेशकुमार चुके कोभिड–१९ का कारण रकम उठ्न ढिलाइ भएको भए पनि दाताहरुको नदिने नियत नभएकाले रकम क्रमशः उठ्दै जाने बताउँछन् । रकम उठाउनका लागि समितिका तर्फबाट टीकाराम लामिछानेलाई जिम्मेवारी दिइएको र सम्पूर्ण हिसाबकिताब फाउन्डेसनलाई बुझाइएको उनले जानकारी दिए ।
वाग्मती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले आव २०७७र७८ को विनियोजित रकमबाट सहयोग गरे पनि महायज्ञमा कबोल गरेको रकम भुक्तानी गरी नसकेको तिमिल्सिनाले जानकारी दिए । जिल्लाका अन्य केही पालिकाले कबोलको रकम पठाएको भए पनि केहीको बाँकी छ । महायज्ञमा सहयोग रकम बोल्ने सांसद्देखि व्यापारीसम्मले रकम भुक्तानी गरेका छैनन् ।
फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले बजेट अभाव हुँदा सोचेजसरी कामलाई अघि बढाउन नसकेको बताए । उनले भने, ‘‘रकमको जोहो हुने निश्चित स्रोत छैन । बजारबाट ल्याएको सामानको पैसा तिर्न फिटिफिटी परेका छौँ ।’’ उधारो नतिर्दासम्म आपूर्तिकर्ताले थप सामान नदिने अवस्था रहेको उनको भनाइ छ । कोभिडका कारण दाताहरुबाट अपेक्षाकृत सहयोग प्राप्त हुन नसकेको उनको गुनासो छ ।
निर्माण सामग्री खरिद गर्ने एउटै फार्मसँग ठूलो रकम हुँदा आफूहरुलाई पनि थप सामान ल्याउन समस्या हुने गरेको कट्टेलले बताए । महायज्ञको रकम सबै उठेमा पनि तत्काललाई समस्या समाधान हुने उनको भनाइ छ । उधारोमै सामान ल्याएर भए पनि काम नरोकेको कट्टेल बताउँछन् ।
रकम अभावकै कारण रंगशाला निर्माणमा खटिने कामदारको संख्यासमेत घटाइएको छ । पहिले ३१३ जनासम्म कामदारले काम गर्दै आएकामा पछिल्लो समय घटाएर १३५ जना मात्रैले काम गरिरहेका छन् । रकम अभाव भए पनि चाडपर्वदेखि कोभिडको समयमा समेत कामलाई भने निरन्तरता दिइएको छ ।
रंगशाला निर्माण सम्पन्न गर्न करिब तीन अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । हाल रंगशालाको मैदान र प्यारापिटको काम भइरहेको छ । गत साउन १ गतेदेखि संरचनाको काम सुरु गरिएको रंगशाला एक वर्ष छ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । उनले भने, ‘‘महायज्ञको बोलकबोल र घोषित रकम प्राप्त भएमा लक्ष्यअनुसार काम हुने थियो ।’’
महायज्ञबाहेक रंगशाला निर्माणका क्रममा विभिन्न व्यक्ति र संस्थाले सहयोग घोषणा गरेको रकम चार करोड रुपैयाँ हाराहारी उठ्न बाँकी छ । त्रिभुवन विश्वविद्यालयको नाममा रहेको र कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको जग्गा रंगशाला निर्माणका लागि उपलब्ध गराइएको हो । भरतपुर महानगरपालिका–१५ मा रंगशाला निर्माण भइरहेको छ । जग्गा दिलाउन र यहाँ रंगशाला निर्माणका लागि महानगरपालिकाले अगुवाइ गरेको थियो । महानगरपालिकाकै आग्रहमा फाउन्डेसनले रंगशाला निर्माण थालेको हो । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय