Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

विराटनगर महानगरपालिका–४ की सुमिना काफ्ले कोरोना संक्रमणको जोखिमका कारण बजार जान्नन् । खाद्यान्नदेखि तरकारीसम्म अनलाइन र एपबाट अर्डर गरेर डिजिटल माध्ययमबाट भुक्तानी गर्छिन् । कोरोनाको महामारीबाट सुरक्षित रहन र बजार जाने झन्झटबाट मुक्त हुन उनले डिजिटल कारोबार गर्न थालेकी हुन् ।

विराटनगरमा ‘क्वीकर फुड’ले खाद्यान्नलगायतका सामग्रीहरु निःशुल्क होम डेलिभरि गर्छ । तयारी खानेकुरा सँगसँगै आवश्यक सामग्रीहरु अनलाइन अर्डरअनुसार डेलिभरी दिने क्वीकर फुडमा अधिकांश कारोबार डिजिटल प्रविधिबाट हुन्छ । क्वीकर फुड्सका बजार प्रबन्धक क्षितिज गौतम अनलाइन र एपबाट म्यासेज आएपछि सामान डेलिभरी गर्दा अधिकांश कारोबार डिजिटल हुने बताउँछन् । धेरै ग्राहकले ई–सेवा, खल्ती र कार्डबाट भुक्तानी गर्ने अप्सन छान्ने गरेको उनले बताए ।

भाटभटेनी सुपर मार्केट विराटनगरका प्रबन्धक विनोद भट्टराईका अनुसार मलभित्र खरिद गर्ने अधिकांशले कार्ड प्रयोग गर्न थालेका छन् । भाटभटेनीमा सामान गरिद गरी डेबिट र क्रेडिट कार्डबाट भुक्तानी गर्दा कुनै अतिरिक्त शुल्क तिर्नु पर्दैन । सर्वसाधारण डिजिटल भुक्तानीमा अभ्यस्त हुन थालेको उनको बुझाइ छ ।

कोरोना महामारीका कारण बजारमा नगद कारोवार हराउँदै गएको छ । पछिल्लो समय डिजिटलरुपमा पैसाको कारोबार बढ्दो छ ।

पसल, सपिङ मल तथा रेष्टुरेन्टहरुमा डिजिटल माध्ययमबाट भुक्तानी बढ्दै गएको छ । पज मेसिनमा डेबिट–क्रेटिड कार्डबाट सुरु भएको डिजिटल भुक्तानी गर्ने चलन अहिले ई–सेवासम्म आइपुग्दा व्यापक भएको छ ।

ई–सेवासहितका डिजिटल एकान्टबाट सर्वसाधारणले बिजुली, खानेपानी, इन्टरनेट र मोबाइलमा समेत ब्यालेन्स कोठामै बसेर भुक्तानी गरिरहेका छन् ।

‘अति आवश्यकबाहेक म पिज्जा, ममलगायतका खाजा पनि अनलाइनबाटै अर्डर गर्छु र डिजिटल सिस्टमबाटै भुक्तानी गर्छु,’ विराटनगर–४ की काफ्ले भन्छिन्, ‘समयको बचत र कोभिडको महामारीका बेला सुरक्षित बन्न सकिन्छ ।’ सुमिनामात्र होइन पछिल्लो समय युवापुस्ता नगद कारोबार छाडेर डिजिडल कारोबारमा बढी आकर्षित भएका छन् ।

क्वीकर फुडका बजार व्यवस्थापक गौतम कार्डबाट भुक्तानी गर्नेका लागि आफहरुले सामानसूँगै पज मेसिन पनि लिएर जाने र भुक्तानी लिने गरेको बताउँछन् । दैनिक ५० देखि १०० वटा डेलिभरी दिने गरेको उनले बताए ।

मलहरुले दुई हजारभन्दा बढीको सामान डेलिभरी दिन मान्दैनन् तर आफूहरुले पाँच सयदेखि माथि जतिको पनि सामान डेलिभरी दिइरहेकाले अहिले क्वीकरबाट सामान किन्नेहरु बढेको उनले जानकारी दिए ।

छ महिनाअघि खुलेको आरके मल र एक वर्षअघि खुलेको सेन्टर मलले पनि मलमा खरिद गर्दा पज मेसिनबाट डिजिटल भुक्तानी लिने गरेका छन् ।

भाटभटेनी सुपरमार्केटले लकडाउनअघि सम्पूर्ण सामान डेलिभरी दिँदै आए पनि कोभिडको कारण इलेक्ट्रोनिक्स सामान मात्रै होम डेलिभरी गरिरहेको छ । जसको भुक्तानी पज मेसिनबाटै उपभोक्ताको घरबाटै लिने गरेको छ ।

एक वर्षअघि सञ्चालनमा आएको गुद्री डटकमले पनि उपभोक्ताले अर्डर गरेको सम्पूर्ण सामान घरमा नै पु¥याउँदै आएको छ ।

पहिले तरकारी र फलफूल डेलिभरी गर्दै आएको गुद्रीले उपभोक्ताले इच्छाएको सम्पूर्ण दैनिक आवश्यक बस्तुहरु बढीमा विराटनगरभरि दुई घण्टामा सेवा दिन थालेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय