Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

२५ माघ । राष्ट्रिय महिला लिग अन्तर्गत आज दुई खेल हुँदैछन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा विराटनगर महानगरपालिका र चन्द्रपुर नगरपालिका भिड्ने छन्।
आजको खेलमा तेस्रो स्थानमा रहेको विराटनगर दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी फुटबल क्लबसँग अंकदुरी घटाउने लक्ष्यका साथ मैदानमा उत्रने छ भने चन्द्रपुर प्रतियोगितामा आफ्नो दोस्रो जितको खोजीमा हुनेछ। खेल मध्यान्ह १२ बजे एन्फा कम्प्लेक्समा सुरु हुनेछ।
त्यस्तै आजै हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र वालिङ नगरपालिका भिड्ने छन्। चौथो स्थानमा रहेको नेपाल पुलिस आजको खेलमा जित निकाल्दै तेस्रो स्थानमा रहेको विराटनगरलाई पछि पार्न चाहनेछ। त्यस्तै वालिङको नजर पनि तेस्रो स्थानमै रहने छ। दुबै टोलीमा तालिकामा समान ८र८ अंक छ। खेल ३ बजे सुरु हुनेछ।
प्रतियोगितामा सहभागी टिमहरुमा विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका रौतहट, वालिङ नगरपालिका स्याङजा, चौदण्डगढी नगरपालिका उदयपुर, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय